BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

संस्कृतिप्रतिको चासो र महत्व बुझाउन मोडर्न प्रिपेरेटोरीमा सातामा एकदिन मौलिक पोसाक लागु

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र २६, २०७८, ७:५३ बिहान
in FEATURE, अन्य
संस्कृतिप्रतिको चासो र महत्व बुझाउन मोडर्न प्रिपेरेटोरीमा सातामा एकदिन मौलिक पोसाक लागु
94
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । ईटहरी स्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा विद्यार्थीका लागि सातामा एकदिन विद्यार्थीहरुका लागि संस्कृतिक पोसाक लागू गरेको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको उक्त विद्यालयले आफ्ना विद्यार्थीलाई आफ्नो समुदायको भेष–भूषा र संस्कृति प्रति अभ्यस्त बनाउँदै आफ्नो मौलिक पन प्रति गौरब गर्न सिकाउने उद्देश्यले ‘आफ्नै समुदायको संस्कृतिक पोसाक लागू गरेको’ जनाएको हो ।

त्यसकालागि विद्यार्थीहरुलाई ऐच्छिक रुपमा आ(आफ्नो सांस्कृतिक पोसाकमा विद्यालय आउन सूचना जारी गरेकोमा शुक्रवार उत्साहजनक रुपमा विद्यार्थीहरु सहभागी भएको विद्यालयले जनाएको छ ।

प्रत्तेक शुक्रबार विद्यार्थीका लागि आफ्नो संस्कृति झल्कने मौलिक पोसाक लगाएर आउन विद्यालयले निर्देशन गरेको हो । अरू दिन भने विद्यालयको नियमित पोसाक नै लगाउनुपर्छ । प्रत्येक शुक्रवार विद्यार्थीहरु आफ्नो मौलिक पोसाकमा आउने र शिक्षकहरूमा पनि बिस्तारै यसलाई लागू गराइने प्रिन्सिपल भीम बहादुर श्रेष्ठले बताए । प्रिन्सिपल श्रेष्ठ आफै पनि दौरा सुरुवाल र कोटमा सजिएका थिए ।

उनले भने, ‘हाम्रो आफ्नो मौलिक संस्कृति र भेष(भुषाप्रति सम्मान गर्न र त्यसप्रति नानीहरूमा सानै उमेर देखि सचेत बनाउँन सकिन्छ कि भन्ने हाम्रो प्रयास हो । यसमा विद्यार्थी र अभिभावकले पनि सहयोग गर्नु भएको छ ।

उनले अगाडी भने, ‘पाठ्यक्रममा रहेको विषय बस्तुलाई प्रयोगात्मक रुपमै अनुभव गर्न पाउने र हाम्रो समाजको मौलिक संस्कृति र विविधतालाई बचाउन मद्दत गर्ने भएकाले हामीले विद्यालयमा सातामा एकदिन मौलिक पोसाकमा आउन आग्रह गरका थियौं । नानीहरु एकदमै धेरै उत्साहित हुनुहुन्छ । ठुलो संख्यामा आ(आफ्नो समुदायको मौलिक पोसाकमा विद्यालय आउनु भयो ।’

विद्यालय संचालक समितिका अध्यक्ष संजीव वाग्लेले नेपालका विभिन्न क्षेत्रमा अनेकौँ जाती जनजाती, संस्कृति परम्परा, सामाजिक मान्यता रहेको बताउँदै विद्यालय तहदेखि नै संस्कृति झल्कने पोसाक लगाए समावेशीको सिद्धान्तलाई समेत मलजल पुग्ने बताए ।

बाल मस्तिस्कमा आफ्नो संस्कृति र भेष(भुषा प्रति लगाव बढाउन सके हाम्रो संस्कृतिको रक्षा गर्न मद्दत पुग्ने बताउँदै उनले भने, ‘हाम्रो समाज बिभिन्न संस्कृतिको साझा फुलबारी हो । सबै समुदायको पोसाकको आ(आफ्नैं पहिचान र महत्व छ । संस्कृतिक भेष–भूषा राष्ट्रको सांस्कृतिक अंङ्ग पनि भएकाले हाम्रो आफ्नोपन बचाउन, नयाँ पुस्तालाई आफ्नो भेष–भूषाप्रति लगाव बढाउँन पनि यस्ता गतिविधिले मद्दत गर्दछ ।’

विद्यालयमा कक्षा ९ अध्ययरत छात्र शुभम श्रेष्ठले आफ्नो भेष(भूषाप्रति गर्व रहेको बताए । उनी दौरा, सुरुवाल, पटुका र टोपीमा सजिएर आएका थिए । विद्यालयमा अध्ययनरत छात्रा रितिक्षा विश्वास र अंकिता कुमारी चौधरी, प्रमिसा श्रेष्ठ लगायतका विद्यार्थीहरु पनि आफ्नो पहिरनमा विद्यालय आउन पाउँदा निकै खुसी देखिएकी थिए ।

अंकिताले भनिन्, ‘हामी नेपाली हौं, नेपालका संस्कृतिको जगेर्ना गर्ने कर्तव्य पनि हाम्रै हो, जातिगत पहिरनले छुट्टै मौलिकता सिर्जना गरेको छ ।’

अभिभावक पनि यस्तो व्यवस्थाप्रति खुसी छन् । ‘यो सराहनीय काम हो । बालमस्तिष्कमा नै भाषा, संस्कृतिको अमिट छाप बस्छ,’ अभिभावक टंक नेपालले भने, ‘संस्कृति जोगाउनमा यसले एउटा इँटा थपेको छ । हाम्रा विभिन्न पहिरन र पोसाकहरूलाई आवश्यकताअनुसार खुसीकासाथ प्रयोग गरिनु पर्छ ।’

विद्यालयमा तामाङ, मगर, क्षेत्री, बाहुन, नेवार, भुजेल, चौधरी, साह, गुप्ता लगायत जातजातिका विद्यार्थी अध्ययनरत छन् ।

Previous Post

रचना र शुशिलको घुम्न जाउँला ईलाम कन्याम स्वर्ग जस्तै ठाउँ

Next Post

‘मुन्द्रेको कमेडी क्लब’मा अब दमन रुपाखेती

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
‘मुन्द्रेको कमेडी क्लब’मा अब दमन रुपाखेती

‘मुन्द्रेको कमेडी क्लब’मा अब दमन रुपाखेती

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।