BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

संस्कृतिप्रतिको चासो र महत्व बुझाउन मोडर्न प्रिपेरेटोरीमा सातामा एकदिन मौलिक पोसाक लागु

विशेष अनलाइन by विशेष अनलाइन
२०७८, २६ चैत्र शनिबार ०७:५३
in FEATURE, अन्य
संस्कृतिप्रतिको चासो र महत्व बुझाउन मोडर्न प्रिपेरेटोरीमा सातामा एकदिन मौलिक पोसाक लागु
50
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । ईटहरी स्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा विद्यार्थीका लागि सातामा एकदिन विद्यार्थीहरुका लागि संस्कृतिक पोसाक लागू गरेको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको उक्त विद्यालयले आफ्ना विद्यार्थीलाई आफ्नो समुदायको भेष–भूषा र संस्कृति प्रति अभ्यस्त बनाउँदै आफ्नो मौलिक पन प्रति गौरब गर्न सिकाउने उद्देश्यले ‘आफ्नै समुदायको संस्कृतिक पोसाक लागू गरेको’ जनाएको हो ।

त्यसकालागि विद्यार्थीहरुलाई ऐच्छिक रुपमा आ(आफ्नो सांस्कृतिक पोसाकमा विद्यालय आउन सूचना जारी गरेकोमा शुक्रवार उत्साहजनक रुपमा विद्यार्थीहरु सहभागी भएको विद्यालयले जनाएको छ ।

प्रत्तेक शुक्रबार विद्यार्थीका लागि आफ्नो संस्कृति झल्कने मौलिक पोसाक लगाएर आउन विद्यालयले निर्देशन गरेको हो । अरू दिन भने विद्यालयको नियमित पोसाक नै लगाउनुपर्छ । प्रत्येक शुक्रवार विद्यार्थीहरु आफ्नो मौलिक पोसाकमा आउने र शिक्षकहरूमा पनि बिस्तारै यसलाई लागू गराइने प्रिन्सिपल भीम बहादुर श्रेष्ठले बताए । प्रिन्सिपल श्रेष्ठ आफै पनि दौरा सुरुवाल र कोटमा सजिएका थिए ।

उनले भने, ‘हाम्रो आफ्नो मौलिक संस्कृति र भेष(भुषाप्रति सम्मान गर्न र त्यसप्रति नानीहरूमा सानै उमेर देखि सचेत बनाउँन सकिन्छ कि भन्ने हाम्रो प्रयास हो । यसमा विद्यार्थी र अभिभावकले पनि सहयोग गर्नु भएको छ ।

उनले अगाडी भने, ‘पाठ्यक्रममा रहेको विषय बस्तुलाई प्रयोगात्मक रुपमै अनुभव गर्न पाउने र हाम्रो समाजको मौलिक संस्कृति र विविधतालाई बचाउन मद्दत गर्ने भएकाले हामीले विद्यालयमा सातामा एकदिन मौलिक पोसाकमा आउन आग्रह गरका थियौं । नानीहरु एकदमै धेरै उत्साहित हुनुहुन्छ । ठुलो संख्यामा आ(आफ्नो समुदायको मौलिक पोसाकमा विद्यालय आउनु भयो ।’

विद्यालय संचालक समितिका अध्यक्ष संजीव वाग्लेले नेपालका विभिन्न क्षेत्रमा अनेकौँ जाती जनजाती, संस्कृति परम्परा, सामाजिक मान्यता रहेको बताउँदै विद्यालय तहदेखि नै संस्कृति झल्कने पोसाक लगाए समावेशीको सिद्धान्तलाई समेत मलजल पुग्ने बताए ।

बाल मस्तिस्कमा आफ्नो संस्कृति र भेष(भुषा प्रति लगाव बढाउन सके हाम्रो संस्कृतिको रक्षा गर्न मद्दत पुग्ने बताउँदै उनले भने, ‘हाम्रो समाज बिभिन्न संस्कृतिको साझा फुलबारी हो । सबै समुदायको पोसाकको आ(आफ्नैं पहिचान र महत्व छ । संस्कृतिक भेष–भूषा राष्ट्रको सांस्कृतिक अंङ्ग पनि भएकाले हाम्रो आफ्नोपन बचाउन, नयाँ पुस्तालाई आफ्नो भेष–भूषाप्रति लगाव बढाउँन पनि यस्ता गतिविधिले मद्दत गर्दछ ।’

विद्यालयमा कक्षा ९ अध्ययरत छात्र शुभम श्रेष्ठले आफ्नो भेष(भूषाप्रति गर्व रहेको बताए । उनी दौरा, सुरुवाल, पटुका र टोपीमा सजिएर आएका थिए । विद्यालयमा अध्ययनरत छात्रा रितिक्षा विश्वास र अंकिता कुमारी चौधरी, प्रमिसा श्रेष्ठ लगायतका विद्यार्थीहरु पनि आफ्नो पहिरनमा विद्यालय आउन पाउँदा निकै खुसी देखिएकी थिए ।

अंकिताले भनिन्, ‘हामी नेपाली हौं, नेपालका संस्कृतिको जगेर्ना गर्ने कर्तव्य पनि हाम्रै हो, जातिगत पहिरनले छुट्टै मौलिकता सिर्जना गरेको छ ।’

अभिभावक पनि यस्तो व्यवस्थाप्रति खुसी छन् । ‘यो सराहनीय काम हो । बालमस्तिष्कमा नै भाषा, संस्कृतिको अमिट छाप बस्छ,’ अभिभावक टंक नेपालले भने, ‘संस्कृति जोगाउनमा यसले एउटा इँटा थपेको छ । हाम्रा विभिन्न पहिरन र पोसाकहरूलाई आवश्यकताअनुसार खुसीकासाथ प्रयोग गरिनु पर्छ ।’

विद्यालयमा तामाङ, मगर, क्षेत्री, बाहुन, नेवार, भुजेल, चौधरी, साह, गुप्ता लगायत जातजातिका विद्यार्थी अध्ययनरत छन् ।

Previous Post

रचना र शुशिलको घुम्न जाउँला ईलाम कन्याम स्वर्ग जस्तै ठाउँ

Next Post

‘मुन्द्रेको कमेडी क्लब’मा अब दमन रुपाखेती

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

२०७८, २६ चैत्र शनिबार ०७:५३
चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

२०७८, २६ चैत्र शनिबार ०७:५३
‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

२०७८, २६ चैत्र शनिबार ०७:५३
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

२०७८, २६ चैत्र शनिबार ०७:५३
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

२०७८, २६ चैत्र शनिबार ०७:५३
‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

२०७८, २६ चैत्र शनिबार ०७:५३
Next Post
‘मुन्द्रेको कमेडी क्लब’मा अब दमन रुपाखेती

‘मुन्द्रेको कमेडी क्लब’मा अब दमन रुपाखेती

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
२०७८, २६ चैत्र शनिबार ०७:५३
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
२०७८, २६ चैत्र शनिबार ०७:५३
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
२०७८, २६ चैत्र शनिबार ०७:५३
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
२०७८, २६ चैत्र शनिबार ०७:५३
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।