BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

रङ्गमञ्चको १२ वर्षे संग्घर्षपछि चलचित्रको पर्दामा जम्दै सविन कट्टेल

विशेष अनलाइन by विशेष अनलाइन
फाल्गुन ८, २०८२, १०:३८ मध्यान्ह
in FEATURE, चलचित्र
रङ्गमञ्चको १२ वर्षे संग्घर्षपछि चलचित्रको पर्दामा जम्दै सविन कट्टेल
51
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । मोरङको हरैँचाबाट नेपाली कला क्षेत्रमा उदाएका प्रतिभावान कलाकार सविन कट्टेल यतिबेला रङ्गमञ्च र चलचित्र दुवै क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाउन व्यस्त छन्। ३४ वर्षको उमेरमा ४५-५० वर्षको पाको र जीवनले ठक्कर खाएको विक्षिप्त पात्रलाई पर्दामा उतार्न सक्ने उनको यो अचम्मको रूपान्तरण नै मुख्य कला हो। यो स्वाभाविक अभिनय रातारात सम्भव भएको भने होइन; यसको पछाडि रङ्गमञ्चमा पसिना बगाएको १२ वर्ष लामो कठोर यात्रा र अनुभव लुकेको छ।

सविनको यो लामो सङ्घर्षको फल यतिबेला फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालिमा’ मार्फत देखिँदैछ। यस चलचित्रमा उनले आफ्नो वास्तविक उमेरभन्दा झण्डै दोब्बर उमेरको एक सामान्य गाउँलेको चरित्र निर्वाह गरेका छन्। प्राकृतिक विपत्तिमा आफ्नो सर्वस्व गुमाएको र एक्लोपनमा बाँचेको यो पात्रले नै चलचित्रको कथामा ठूलो ‘ट्विस्ट’ ल्याउने सविन बताउँछन्। भर्खरै सार्वजनिक भएका पोष्टर र टिजरमा उनको गेटअप र अभिनयको निकै चर्चा भइरहेको छ।

वि.सं. २०७० सालमा ‘हारजित’ नाटकबाट औपचारिक रूपमा रङ्गमञ्चीय यात्रा सुरु गरेका सविनले हालसम्म १५ भन्दा बढी नाटकहरूमा आफ्नो अभिनय क्षमता पस्किसकेका छन्। ‘छिमेकी’, ‘माधवी’, ‘सखी’, ‘अग्निचक्षु’ र ‘मुनामदन’ जस्ता चर्चित नाटकहरूमा उनले कहिले कलाकार त कहिले निर्देशकको रूपमा काम गरेका छन्। शिल्पी थिएटरमार्फत देशका विभिन्न गाउँ र सहरहरूमा पुगेर जनचेतनामूलक ‘मुक्त रङ्गमञ्च यात्रा’ मा सहभागी हुनुले पनि उनको अभिनयलाई थप परिष्कृत बनाएको हो।

अभिनयमा निखारता ल्याउन हरप्रहर सङ्घर्ष गरिरहेका कारण उनले थुप्रै अफरहरू आउँदा पनि चलचित्रलाई पर्याप्त समय दिन सकिरहेका थिएनन्। करिब ७ वर्षअघि ‘मिस्टर भर्जिन’ बाट चलचित्रमा डेब्यु गरेका उनले ‘कोशेढुंगा’ मा पनि काम गरेका छन्। हाल उनी भुवन केसीको निर्देशन तथा अनमोल केसीको मुख्य अभिनय रहेको बहुप्रतीक्षित चलचित्र ‘बाटुलो जुन’ को छायांकनमा व्यस्त छन्।

सविनले अभिनयको क्षेत्रलाई केवल पर्दामा मात्र सीमित नराखी नयाँ पुस्तालाई सिकाउने काम पनि गर्दै आएका छन्। विभिन्न नाटक वर्कसपहरूमा प्रशिक्षकको भूमिका निभाउनु र पठाओ तथा माया आइभिएफ जस्ता चर्चित कमर्सियल विज्ञापनहरूमा काम गर्नुले उनको बहुआयामिक व्यक्तित्व झल्काउँछ। यसका साथै ‘रातो पछ्यौरी’ नामक डकु-ड्रामामा समेत उनले आफ्नो सशक्त अभिनय कौशल प्रदर्शन गरिसकेका छन्।

आगामी दिनमा अन्य नयाँ चलचित्रहरूको लागि पनि कुराकानी भइरहेको बताउने सविन आफूलाई एक असल र अब्बल कलाकारको रूपमा स्थापित गर्न चाहन्छन्। रङ्गमञ्चमा खारिएर चलचित्रको संसारमा छिरेका सविनको यो समर्पणले नेपाली चलचित्र क्षेत्रले एउटा सम्भावना बोकेको सशक्त अभिनेता पाएको छ।

Previous Post

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

माघ २९, २०८२, १०:३० मध्यान्ह
बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

माघ २९, २०८२, १०:०९ मध्यान्ह
निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

माघ २८, २०८२, १०:०२ मध्यान्ह
‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

माघ २८, २०८२, ९:२४ मध्यान्ह

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

रङ्गमञ्चको १२ वर्षे संग्घर्षपछि चलचित्रको पर्दामा जम्दै सविन कट्टेल

रङ्गमञ्चको १२ वर्षे संग्घर्षपछि चलचित्रको पर्दामा जम्दै सविन कट्टेल

by विशेष अनलाइन
फाल्गुन ८, २०८२, १०:३८ मध्यान्ह
0

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

by विशेष अनलाइन
फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
0

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

by विशेष अनलाइन
फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
0

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

by विशेष अनलाइन
माघ २९, २०८२, १०:३० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।