विशेष अनलाइन । इटहरी नजिकैको फ्युचर कोलोनी विस्तारै नेपाली चलचित्रकर्मीहरूको साझा गन्तव्य बन्दै गएको छ। नेपालसँगै बलिउड चलचित्रमा समेत आफूलाई स्थापित गर्न सफल निर्देशक तथा कलाकार बन्नी प्रधानले फ्युचर कोलोनीमा १४ धुर जग्गा खरिद गरेका छन्। उनले प्रति धुर २ लाख १० हजार रुपैयाँका दरले जग्गा खरिद गरेका हुन्।
चलचित्र सिर्जनाको नयाँ सम्भावनाले भरिएको यो स्थानमा बन्ने फिल्म स्टुडियो निर्माणमा निर्देशक बन्नी प्रधानलाई सहयोग गर्ने प्रतिबद्धता नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका अध्यक्षसमेत रहेका निर्देशक तथा कलाकार केपी पाठकले व्यक्त गरेका छन्। यसले फ्युचर कोलोनीलाई केवल आवासीय क्षेत्र होइन, चलचित्र निर्माणको केन्द्र बनाउने अपेक्षा थप बलियो बनाएको छ।
यसअघि नै अभिनेता गजित विष्टले पनि सोही क्षेत्रमा जग्गा खरिद गरिसकेका छन्। एकपछि अर्को गर्दै कलाकारहरूको आकर्षण बढ्दै जानुले फ्युचर कोलोनीलाई भविष्यको ‘फिल्मी बस्ती’ का रूपमा चिनाउने संकेत देखिएको छ। फ्युचर कोलोनीलाई चलचित्रमय बनाउने अभियानमा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानको अहम भूमिका रहेको छ। यही स्थानमा चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आफ्नै भवनसमेत निर्माणाधीन छ, जसले यस क्षेत्रलाई संस्थागत रूपमा पनि चलचित्रकर्मीसँग जोड्नेछ।
जग्गा खरिदपछि आफ्नो खुसी व्यक्त गर्दै निर्देशक तथा कलाकार बन्नी प्रधानले भने— “चलचित्र केवल पर्दामा मात्रै होइन, वातावरणमै फिल्मी हुनुपर्छ भन्ने मेरो विश्वास हो। फ्युचर कोलोनीमा पाइला टेक्दा मैले भविष्यको नेपाली सिनेमा देखेँ। यहाँ स्टुडियो, सिर्जना र सपनाहरू सँगै हुर्किनेछन्। यस्तो स्थानमा जग्गा किन्न पाउनु मेरो लागि सौभाग्य र गर्वको विषय हो।”
फ्युचर कोलोनीमा कलाकार, निर्देशक र चलचित्र संस्थाहरूको बढ्दो उपस्थिति सँगै कोशी प्रदेशमै चलचित्र निर्माण, प्रशिक्षण र सिर्जनाको नयाँ अध्याय सुरु हुने संकेत देखिएको छ। नेपाली सिनेमाको भविष्य खोज्नेहरूको नजर अब फ्युचर कोलोनीतर्फ मोडिएको छ।









Discussion about this post