विशेष अनलाइन । आफ्नो जन्मदिनको अवसरलाई स्मरणीय बनाउन निर्देशक कृषा चौलागाईंले नयाँ चलचित्र ‘पारस’को घोषणा गरेकी छन् । बुधबार सार्वजनिक गरिएको यस चलचित्रको कथा र निर्देशन दुवै उनी स्वयंले गर्नेछिन् ।
चलचित्रमा उनको भाइ विशाल चौलागाईंले लगानी गर्नेछन् भने पटकथा सचिन लदियाले लेखेका छन् । छायांकन निर्देशकको जिम्मेवारी पुरुषोत्तम प्रधानले सम्हाल्नेछन् । कृषा र प्रधानबीच यसअघि ‘ऐचो पैचो’ र ‘पिताम्बर’मार्फत सहकार्य भइसकेको छ । निर्माता विशालको पनि यो टिमसँग तेस्रो सहकार्य हो ।
केपी फिल्म्सको ब्यानरमा बन्ने ‘पारस’ फागुनदेखि छायाङ्कनमा जाने तयारी गरिएको छ । निर्देशक कृषाका अनुसार चलचित्र एक्सन र प्रेमकथाको मिश्रण हुने छ । उनले कलाकार तथा अन्य प्राविधिक टोलीबारे क्रमशः जानकारी गराइने जनाइन् ।
निर्माण टिमले ‘पारस’लाई दर्शकका लागि फरक स्वाद दिने मनोरञ्जनात्मक चलचित्रको रूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ ।









Discussion about this post