विशेष अनलाइन । नयाँ नेपाली चलचित्र ‘मैझारो’ बन्ने भएको छ। तक्मे प्रोडक्सनको ब्यानरमा बन्न लागेको यस चलचित्रमा धीरज मगर मुख्य कलाकारको रूपमा अनुबन्धित भएका छन्।
चलचित्रको निर्देशन विल्सन विक्रम राई (तक्मे बुढा) ले गर्नेछन्। यो फिल्म उनको पहिलो निर्देशन हो। उनी टेलिश्रृङ्खला ‘मेरी बास्सै’ बाट तक्मे बुढा भनेर चिनिएका थिए।
फिल्मको संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राई ले तयार गर्नेछन् भने सौरभ लामाले छायाङ्कन गर्नेछन्। फिल्मको छायाङ्कन साउनको पहिलो हप्ताबाट सुरु हुनेछ। निर्देशक राईका अनुसार चलचित्र इलाम र पाँचथर जस्ता पूर्वी पहाडका सुन्दर ठाउँहरूमा छायाङ्कन गरिनेछ।
‘मैझारो’ एक सामाजिक कथामा आधारित फिल्म हुनेछ, जसले पूर्वी पहाडका जीवनशैली, संस्कृति र समाजको यथार्थता देखाउनेछ। निर्माण पक्षले अन्य कलाकारहरूको नाम चाँडै सार्वजनिक गर्ने जनाएको छ।









Discussion about this post