BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

धागोले बाँधिएका भावनाहरू : इटहरीमा सार्वजनिक भयो ‘जनै हराएको मान्छे’को कथाप्रेरित पोस्टर

विशेष अनलाइन by विशेष अनलाइन
असार २२, २०८२, १०:०३ मध्यान्ह
in FEATURE, चलचित्र
धागोले बाँधिएका भावनाहरू : इटहरीमा सार्वजनिक भयो ‘जनै हराएको मान्छे’को कथाप्रेरित पोस्टर
94
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाली सिने क्षेत्रमा फरक स्वाद र विषयवस्तु बोकेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले आफ्नो औपचारिक यात्रा सुरु गरेको छ। सांस्कृतिक परम्परा र मानवीय सम्बन्धको गहिरो भाव बोकेको यस चलचित्रको अफिसियल पोष्टर आइतबार देशभरका आठ प्रमुख सहरहरूमा एकै साथ सार्वजनिक गरियो। कोशी प्रदेशको व्यस्त सहर इटहरीमा भने यो सार्वजनिक कार्यक्रम अझ भव्य र भिन्न शैलीमा सम्पन्न गरियो।

इटहरीको इलाइट सिनेमा हल प्राङ्गणमा विशेष समारोहका साथ फिल्मका तीन भिन्न डिजाइनका पोस्टरहरू सार्वजनिक गरिए। इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिवस पोख्रेल, इलाइट सिनेमा हलका म्यानेजर नवराज केसी र परीकला न्यूजका सञ्चालक सुवास संकल्प श्रेष्ठले एक-एक ओटा गरि ३ ओटा पोस्टर सार्वजनिक गरेका थिए ।

देशैभर एकैसाथ विभिन्न स्थानमा छुट्टाछुट्टै कार्यक्रम गतेर पोस्टर सार्वजनिक गरिएको थियो । इटहरीको व्यवस्थापन भने परिकला मिडिया र कोशी पब्लिक मिडिया द्वारा सञ्चालित विशेष अनलाइनलले गरेको थियो ।

पोस्टर सार्वजनिक गर्दै वडाध्यक्ष पोख्रेलले फिल्म यथार्थका धागोहरू बुनिएको कथा भएको उल्लेख गर्दै फिल्म टिमलाई सफलताको शुभकामना व्यक्त गरे। निर्माण पक्षका अनुसार, मोफसलदेखि राजधानीसम्मको दर्शकलाई एकैसाथ जोड्ने उद्देश्यले धरान, विराटनगर, विर्तामोड हुँदै काठमाडौँलगायत आठ सहरमा पोष्टर सार्वजनिक कार्यक्रम आयोजना गरिएको हो।

सम्बन्धका धागोहरूमा बुनिएको कथावस्तु

निर्माता कमल न्यौपानेका अनुसार, फिल्म प्रचारको शैलीलाई परम्परागत ढाँचाबाट अलग राख्दै सहर–सहरमा प्रत्यक्ष सम्पर्क बढाउन यस्ता कार्यक्रम गरिएका हुन्। सार्वजनिक गरिएका पोस्टरहरू फिल्मको कथावस्तु झल्काउने शैलीमा तयार गरिएका छन्।

एउटा पोस्टरमा विजय बराल, केकी अधिकारी र मिरुना मगरलाई एउटै फ्रेममा देखाइएको छ। बीचमा विजय बराल छन्, जसको पोशाक आधा रातो र आधा निलो छ— जुन प्रेम र सामाजिक दायित्वबीचको द्वन्द्वको प्रतीक हो। छेउछाउमा केकी र मिरुना अलग-अलग परिवेशमा देखिएका छन्, जहाँ मिरुना बेहुलीको पोशाकमा सजिएकी छन्। अर्को पोस्टरमा सामाजिक बन्धनको प्रतिनिधित्व गर्ने गरी धागोले बाँधिएको अवस्थामा केकी अधिकारीलाई देखाइएको छ।

पोस्टरमा उल्लेखित संवाद, ‘जति पीडा भए पनि कहिले ऐया नभन्ने मेरी दिदी’ मार्मिक छ— जसले दिदीभाइको सम्बन्ध मात्र होइन, संघर्ष र त्यागको भाव समेत बोकेको अनुभूति गराउँछ।

भदौ ६ मा देशव्यापी प्रदर्शन

फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ। निर्देशक हिमाल न्यौपानेको निर्देशनमा बनेको फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापालगायत कलाकारको अभिनय रहेको छ।

कार्यकारी निर्माता नारायण तिमिल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर रहेका छन्। छायांकन नवीन गुरुङ र कृष्ण परियारले गरेका हुन् भने संगीतमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीले विभिन्न राग र भावनाका धुनहरू पस्किएका छन्।

गोविन्द शाहीको काफिया फिल्मसबाट वितरण हुने यो चलचित्र, ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा देखिने अर्को बहुप्रतीक्षित कृति हो। फिल्मले जातीय परम्परा र व्यक्तिगत प्रेमबीचको संघर्ष, सामाजिक परिबन्ध र मानवीय सम्बन्धका गहिरा धागोहरूलाई पर्दामा उतार्ने अपेक्षा गरिएको छ।

Previous Post

‘६१ लाख’ पारिश्रमिकको दाबी फण्डा मात्रै : माग्ने बुढा केदार घिमिरे

Next Post

धीरज मगर अभिनीत नयाँ नेपाली चलचित्र ‘मैझारो’ बन्ने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

माघ १८, २०८२, २:०५ बिहान
बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

माघ १६, २०८२, १०:३२ मध्यान्ह
१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

माघ १६, २०८२, १०:१२ मध्यान्ह
‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

माघ १६, २०८२, ९:५३ मध्यान्ह
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
Next Post
धीरज मगर अभिनीत नयाँ नेपाली चलचित्र ‘मैझारो’ बन्ने

धीरज मगर अभिनीत नयाँ नेपाली चलचित्र ‘मैझारो’ बन्ने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।