विशेष अनलाइन । अभिनेता अनमोल केसीको नयाँ चलचित्र ‘बाटुलो जुन’ को छायाङ्कन सुरु भएको छ। चलचित्रको छायाङ्कन धादिङको काउलेबाट सुरु गरिएको हो। पहिलो चरणमा केही दिन मात्रै छायाङ्कन हुनेछ भने बाँकी भागको छायाङ्कन भदौ महिनामा गरिने योजना छ।
चलचित्रको छायाङ्कन सुरु भएसँगै चलचित्र निर्माण टिमले अनमोल केसी र नायिका प्रिन्सी खतिवडाको पहिलो झलक (फर्स्ट लुक्स) पनि सार्वजनिक गरेको छ। सार्वजनिक तस्वीरमा अनमोल दाह्री पालेको देखिन्छ र उनी प्रिन्सीसँग मिलेर केही हेरेर टोलाएको देखिन्छ।
चलचित्रमा जिया केसीले लगानी गरेकी छन्। चलचित्रको बजेट २५ लाख रुपैयाँ रहेको बताइएको छ। चलचित्रको कथा अङ्गुर खेतीसँग सम्बन्धित भएकाले केही दिनका लागि चलचित्र टिम धादिङ पुगेको हो।
चलचित्रमा अन्य कलाकारहरू को–को हुने भन्ने कुरा अहिले खुलाइएको छैन। चलचित्रका निर्देशक भुवन केसी हुन्। उनले अनमोललाई दर्शकले यसपटक फरक रूप र भूमिकामा देख्न पाउने बताए।
अनमोल केसीका अरू चलचित्रहरू पनि छिट्टै आउने छन्। उनको चलचित्र ‘जेरी: अन टप’ असोज ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। त्यसैगरी उनले अर्को चलचित्र ‘ए मेरो हजुर ५’ पनि साइन गरिसकेका छन्।
Discussion about this post