विशेष अनलाइन। मित्र प्रधानले निर्देशन गरेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै चलचित्रको ट्रेलर सार्वजानिक गरिएको हो । ट्रेलरमा नेपाली भूमि, भाषा, धर्म र संस्कृतिमाथि भइरहेको हस्तक्षेप र त्यसको विरुद्धमा नेपालीले चालेको प्रतिकार देखाइएको छ।
असार २७ गते देखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशी लगायतका कलाकारहरुको अभिनय रहेको छ।
चलचित्रले नेपाली भाषा र संस्कृतिप्रतिको प्रेम, गौरव र इतिहास दर्शाउने जनाइएको छ। ईश्वर इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रको निर्माण ज्ञानबहादुर प्रधान (रोशन) ले गरेका हुन् । प्रस्तुतकर्ता मित्र प्रधान स्वयम् हुन्।
चलचित्रमा शिवम् अधिकारीको कथा लेखन, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, समीर मियाको व्फ्क्स्, कविराज गहतराज र प्रमोद भण्डारीको नृत्य निर्देशन तथा बनिश शाहको सम्पादन रहेको छ।झापा, इलाम, सिक्किम, दार्जिलिङ, जयगाउँ (पश्चिम बङ्गाल) र अमेरिका लगायतका स्थानमा छायांकन गरिएको छ । चलचित्रमा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत रहेको छ ।
Discussion about this post