BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ‘आमा’ गीत सार्वजनिक

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ २१, २०८२, ६:२६ मध्यान्ह
in FEATURE, चलचित्र
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ‘आमा’ गीत सार्वजनिक
135
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पहिलो गीत ‘आमा’ सार्वजनिक भएको छ । भावनात्मक सम्वाद बोकेको यस गीतमा अर्जुन पोखरेलको शब्द, संगीत र स्वर रहेको छ भने गायिका मनिषा सुनारले समेत स्वर दिएकी छन् । गीतले आमा र छोराबीचको सम्बन्ध, छोराको संघर्ष र आमाप्रतिको समर्पणलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।

गीतमा चलचित्रका मुख्य पात्र काठमाडौं आउँदाको पीडा र संघर्ष प्रस्तुत गरिएको छ । आमालाई सुख दिन सहर पसेको छोराले भोगेका हन्डर, कठिनाइ र निराशा गीतमा अभिव्यक्त गरिएको छ । काठमाडौं सपनाको सहरजस्तो लागे पनि वास्तविकतामा त्यस्तो नभएको र मान्छे तथा घरहरू पनि भावनाहीन हुँदै गएको यथार्थ चित्रण गरिएको छ ।

गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकार विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली र कविता आलेको अभिनय हेर्न सकिन्छ । निर्देशक हिमाल न्यौपानेले चलचित्र आमाछोराबीचको सम्वेदनशील कथा भएको बताएका छन् । असोसियट निर्देशक मनिष राउतका अनुसार गीत सहर पसेका छोराछोरी र आफ्नो बाचाको सफलताको पर्खाइमा बसेका आमाहरूलाई समर्पित छ ।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, शुशांक मैनाली, कविता आले, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सृष्टि खड्डी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् भने निर्देशन हिमाल न्यौपानेले गरेका छन् । सहायक निर्देशकहरूमा दिनेश बहादुर राउत, तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी. रहेका छन् ।

नवीन गुरुङले छायांकन गरेका चलचित्रमा कृष्ण परियार सिनेमेटोग्राफर छन् । संगीतमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको योगदान रहेको छ ।

चलचित्र भदौ ६ गते देशभर प्रदर्शनमा आउनेछ । पेपरक्लिप ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । गोविन्द शाहीको काफिया फिल्मसले चलचित्र वितरण गर्नेछ ।

Previous Post

चन्द्रकला शाहलाई ‘दीर्घ साधना कलाकारिता सम्मान

Next Post

‘अभिमन्यु : च्याप्टर–१’ : चक्रव्यूहभित्रको मुक्ति यात्रा, अब ९९ दिनको पर्खाइ

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

पुस २९, २०८२, १०:२५ मध्यान्ह
‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

पुस २९, २०८२, ९:१३ मध्यान्ह
मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

पुस २८, २०८२, ९:४० मध्यान्ह
नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

पुस २८, २०८२, ८:१६ मध्यान्ह
‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

पुस २८, २०८२, ७:२० मध्यान्ह
सञ्चारमन्त्री र बोर्ड अध्यक्षद्वारा ‘युएनए डिजिटल’ ओटिटीको शुभारम्भ

सञ्चारमन्त्री र बोर्ड अध्यक्षद्वारा ‘युएनए डिजिटल’ ओटिटीको शुभारम्भ

पुस २७, २०८२, ७:५६ मध्यान्ह
Next Post
‘अभिमन्यु : च्याप्टर–१’ : चक्रव्यूहभित्रको मुक्ति यात्रा, अब ९९ दिनको पर्खाइ

'अभिमन्यु : च्याप्टर–१' : चक्रव्यूहभित्रको मुक्ति यात्रा, अब ९९ दिनको पर्खाइ

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

by विशेष अनलाइन
पुस २८, २०८२, ८:१६ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।