BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

नेपाली चलचित्र महोत्सव यूके: उत्कृष्ट चलचित्र र कलाकार सम्मानित

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ १९, २०८२, ११:२४ बिहान
in FEATURE, चलचित्र
नेपाली चलचित्र महोत्सव यूके: उत्कृष्ट चलचित्र र कलाकार सम्मानित
90
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन। थर्ड आइ इन्टरनेसनलले आयोजना गरेको तेस्रो नेपाली चलचित्र महोत्सव मे १८ देखि मे ३१ सम्म बेलायतका विभिन्न सहरमा भव्य रूपमा सम्पन्न भएको छ। लन्डनस्थित ग्रीनफोर्ड टाउन हलमा आयोजित समापन समारोहमा नेपाली फिल्म र कलाकारितालाई समर्पित विविध सम्मानहरू प्रदान गरिए।

नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण, कला संस्कृतिको प्रवर्धन र कलाकारहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा ३९८ फिल्महरूमध्ये ‘पुजार सार्की’, ‘ज्वाइँसाब’, ‘सतीदेवी’ र ‘हाफ जर्नी’ चार फिल्मलाई उत्कृष्ट चलचित्र अवार्ड दिइयो।

कार्यक्रममा एनआरएनए पूर्व अध्यक्ष कुल आचार्य, युवा उद्यमी यादव भण्डारी, जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, तथा पत्रकार नवीन पोखरेललगायत अतिथिहरूले अवार्डहरू प्रदान गरेका थिए।

तीन दशकभन्दा लामो कलाकारिता यात्रामा योगदान पुर्‍याएको कदरस्वरूप वरिष्ठ अभिनेता सन्तोष पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ दिइयो। सो अवार्ड चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी र समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (OBE) ले संयुक्त रूपमा हस्तान्तरण गरे।

नेपालबाट आएका कलाकार विपना थापा, धिरेन शाक्य, नीति शाह, आश्मा विश्वकर्मा, सुवानी मोक्तान, प्रताप दास र एलिस कार्की साथै बेलायत तथा युरोपमा क्रियाशील रितेश चाम्स, निकेश लिम्बु, प्रेम लामा र प्रतीक दूतराजलाई नेपाली कलाकारितामा पुर्‍याएको योगदानका लागि विशेष सम्मान प्रदान गरियो।

महोत्सवमा प्रमुख वक्ताको रूपमा बोल्दै चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले आफ्नो नेतृत्वमा भएका परिवर्तनहरूको उल्लेख गरे। उनले बनेपामा निर्माण भइरहेको नेपालकै ठूलो इन्डोर फिल्म स्टुडियो, बक्सअफिसको रियल टाइम डेटा प्रणाली र पुरानो चलचित्र ऐनको संशोधनलगायतका पहलहरूबारे जानकारी दिए। विदेशमा यस्ता कार्यक्रमले नेपाली चलचित्रलाई थप प्रोत्साहन मिल्ने विश्वास उनले व्यक्त गरे।

आयोजक समिति सदस्य ओजेश सिंहले महोत्सवको उद्देश्य र यसको महत्वबारे मन्तव्य राख्दै आगामी संस्करणलाई अझ परिष्कृत बनाउने आश्वासन दिए। अध्यक्ष विकास देवकोटाले सबै सहयोगी संस्था, व्यक्ति र कलाकारहरूप्रति आभार प्रकट गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमालाई स्थापित गर्नको लागि अझ गहिरो प्रयास गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रमको संचालन प्रसुना कंडेल र गायक-उद्घोषक राजेश बर्देवाले गरेका थिए। समापन समारोहमा गायक प्रताप दास र सुवानी मोक्तानको साङ्गीतिक प्रस्तुति, नृत्यांगना आश्मा विश्वकर्माको नृत्य तथा बेलायती कलाकार सरस्वती कुँवर र लक्ष्मण महराको गायनले विशेष आकर्षण ल्याएको थियो।

फिल्म महोत्सवलाई सफल बनाउन थर्ड आइका विकास देवकोटा, सुनिलबाबु खड्का, ओजेश सिंह, प्रजेश श्रेष्ठ, अनिल बस्नेत, सुवसिंह गुरुङ, रोमियन लिम्बु र प्रशान्त खड्काले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।।

Previous Post

‘महाभोज’ जेठ ३० गतेदेखि प्रदर्शनमा आउने

Next Post

‘मञ्जिरा’ नाटकमार्फत आठ वर्षपछि थियटरमा फर्किए सरोज खनाल

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

माघ १८, २०८२, २:०५ बिहान
बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

माघ १६, २०८२, १०:३२ मध्यान्ह
१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

माघ १६, २०८२, १०:१२ मध्यान्ह
‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

माघ १६, २०८२, ९:५३ मध्यान्ह
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
Next Post
‘मञ्जिरा’ नाटकमार्फत आठ वर्षपछि थियटरमा फर्किए सरोज खनाल

‘मञ्जिरा’ नाटकमार्फत आठ वर्षपछि थियटरमा फर्किए सरोज खनाल

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।