विशेष अनलाइन। नेपाली चलचित्र ‘महाभोज’ अब जेठ ३० गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुने भएको छ। यसअघि जेठ १५ गते प्रदर्शन हुने भनिए पनि राजनीतिक कारणले चलचित्रको रिलिज मिति पछि सारिएको थियो।
शनिबार चलचित्र निर्माण टिमले नयाँ मिति घोषणा गर्दै, अब फिल्म जेठ ३० गते देखिने पक्का भएको जानकारी दिएको छ। सोही दिन रिलिज हुने भनिएको अर्को चलचित्र ‘भाइरल गोर्खे’ पनि स्थगित भएपछि *‘महाभोज’*लाई एक्लै रिलिज हुने मौका मिलेको हो।
निर्देशक दिनेश राउतले भनेका छन्, “हामीले मिहिनेत गरेर तयार पारेको यो चलचित्र समयमै ल्याउन नसक्दा दर्शकलाई असहज भयो। अब जेठ ३० गते रिलिज हुँदैछ। यो हाम्रो समाजको कथा हो, तपाईंहरूको माया र समर्थनको अपेक्षा छ।”
चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, र मोहन निरौलाजस्ता लोकप्रिय कलाकारहरू छन्।चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । अभिनेता तथा निर्देशक निश्चल बस्नेतले पनि चलचित्र सफल हुने विश्वास व्यक्त गरेका छन्।
Discussion about this post