विशेष अनलाइन । लोकप्रिय युवा कमेडियन मेक्सम गौडेल हाल दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत छन्। प्याङ्क्रियाजमा समस्या देखिएपछि उनी उपचारका लागि त्यहाँ भर्ना भएका हुन्।
कमेडियन सुमन कार्कीले सामाजिक सञ्जालमार्फत मेक्समको अस्पताल भर्नाको जानकारी दिएका छन्। उनका अनुसार मेक्समको स्वास्थ्यमा सुधार भइरहेको छ र छिट्टै निको हुने अपेक्षा गरिएको छ।
‘कमेडी नाइट विथ च्याम्पियन्स’ कार्यक्रमका निर्देशक विशाल भण्डारीले बताए अनुसार मेक्सम पहिलेबाट नै त्यही अस्पतालमा फलोअप उपचार गराइरहेका थिए। अहिले पनि स्वास्थ्यमा सुधार आए पनि थप जाँच र निगरानीका लागि अस्पताल पुगेका हुन्।
मेक्समले दुई महिनादेखि प्याङ्क्रियाजको समस्याबाट जुध्दै आएका छन्। यसअघि उनले काठमाडौंको सिभिल अस्पतालमा पनि उपचार गराएका थिए।
‘कमेडी नाइट विथ च्याम्पियन्स’को चार एपिसोडमा देखिएपछि उनी बिरामी परेका थिए। अहिले उनका सहकर्मीहरू र शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत चाँडै निको भई स्टेजमा फर्किउन् भन्ने शुभकामना व्यक्त गरिरहेका छन्।
Discussion about this post