BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘ऊनको स्वीटर’ : शुक्रवारबाट सिनेमा हलमा, टिकट बुकिङले तोड्यो प्रतिक्षाको सिमाना

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख २४, २०८२, ५:१२ मध्यान्ह
in FEATURE, चलचित्र
‘ऊनको स्वीटर’ : शुक्रवारबाट सिनेमा हलमा, टिकट बुकिङले तोड्यो प्रतिक्षाको सिमाना
89
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपालको सिनेमा जगतलाई नयाँ सिरेबाट हलचलमा ल्याउने तयारीमा छ चलचित्र ‘ऊनको स्वीटर’ । यो शुक्रवार (वैशाख २६) बाट देशभर प्रदर्शनमा आउन लागेको यो चलचित्रको अग्रिम टिकट बुकिङले नै दर्शकहरूको उत्साह मापन गरिसकेको छ।

क्युएफएक्स, बिग मुभिज, आइएनआई, एफक्युब लगायतका काठमाडौं उपत्यकाका ठूला सिनेमा हलहरूदेखि उपत्यका बाहिरका साना हलसम्म, ‘ऊनको स्वीटर’को टिकट बुकिङ खुलेसँगै दर्शकहरूको प्रतिक्षा झन् चुलिएको छ। वितरक गोविन्द शाहीका अनुसार, हालसम्म तीन सयभन्दा बढी शोको अनुमान गरिएको छ, तर अन्तिम सङ्ख्या बिहीबार मात्र सार्वजनिक हुनेछ।

आर्टमाण्डू प्रा.लि.को ब्यानरमा निर्माण भएको यो चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, र विल्सन विक्रम राई मुख्य भूमिकामा छन्। सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, र भावना खपाङ्गी मगरजस्ता अनुभवी कलाकारहरूको समेत दमदार उपस्थिति रहेको छ।

सङ्गीततर्फ सुजन चापागाईँ र झुमा लिम्बुको संगीतमा बनेका गीत ‘फूल’, ‘मखमली’, र ‘काफ्ले’ दर्शकमाझ लोकप्रिय भइरहेका छन्। सामाजिक सञ्जालमा भाइरल भएको ट्रेलरले दर्शकहरूको कौतुहलता झनै बढाएको छ।

निर्देशक नवीन चौहानको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’को कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालसम्म फैलिएको छ। चौहान, जसले यसअघि ‘घुमी घुमी’, ‘देखेर तिमीलाई – तीनपाते’, ‘फूलथुङ्गे रानी’, ‘चन्द्रमा’ जस्ता चर्चित सङ्गीतमूलक चलचित्र निर्देशन गरिसकेका छन्, अब कथा प्रधान फिचर चलचित्रमार्फत आफ्नो निर्देशन यात्रा अघि बढाउँदैछन्।

टिकट बुकिङ खुल्नासाथै देखिएको दर्शकहरूको उत्साह र व्यापक शोको व्यवस्थापनले यो चलचित्रले राम्रो सुरुवात गर्ने सङ्केत देखाएको छ। अब, शुक्रबारको प्रतिक्षा छ – कुन उचाइमा पुग्छ ‘ऊनको स्वीटर’? समयले बताउनेछ।

Previous Post

अन्तर्राष्ट्रिय प्रेमकथा ‘सुम्निमा’: उपासना सिंह ठकुरीको प्रमुख भूमिका, अडिसन बेलायतमा

Next Post

मझौरा बाल विकास केन्द्रलाई सुनसरी समाज युएईद्वारा अक्षयकोष स्थापना

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

माघ २९, २०८२, १०:३० मध्यान्ह
बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

माघ २९, २०८२, १०:०९ मध्यान्ह
निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

माघ २८, २०८२, १०:०२ मध्यान्ह
‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

माघ २८, २०८२, ९:२४ मध्यान्ह
Next Post
मझौरा बाल विकास केन्द्रलाई सुनसरी समाज युएईद्वारा अक्षयकोष स्थापना

मझौरा बाल विकास केन्द्रलाई सुनसरी समाज युएईद्वारा अक्षयकोष स्थापना

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

by विशेष अनलाइन
फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
0

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

by विशेष अनलाइन
फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
0

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

by विशेष अनलाइन
माघ २९, २०८२, १०:३० मध्यान्ह
0

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

by विशेष अनलाइन
माघ २९, २०८२, १०:०९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।