विशेष अनलाइन । लिम्बु समुदायको प्रतिनिधित्व गर्ने नेपाली फिचर फिल्म ‘लाहुरे जुत्ता’ का लागि कलाकारको खोजी थालिएको छ। मेन्छ्हायेम पिक्चर्सको निर्माणमा बन्ने उक्त चलचित्रका लागि १६ देखि २५ वर्ष उमेर समूहका युवायुवतीहरूलाई आवेदन दिन आग्रह गरिएको छ।
चलचित्र निर्माण पक्षका अनुसार, अभिनयमा रुचि भएका लिम्बु समुदायका नवप्रवेशी कलाकारहरूलाई प्राथमिकता दिइनेछ। यसका लागि अनुभव अनिवार्य भने छैन। “यो एक अर्थपूर्ण सिनेमाटिक परियोजनामा सहभागी भइ आफ्नो प्रतिभा प्रस्तुत गर्ने उत्कृष्ट अवसर हो,” निर्माण टोलीले जानकारी दिएको छ।
इच्छुक कलाकारहरूले आफ्नो हालसालै खिचिएको अनुहार र पुरै शरीर देखिने फोटो, संक्षिप्त प्रोफाइलसहित १ मिनेटको परिचय भिडियो पठाउनुपर्नेछ। उक्त भिडियो नेपाली, लिम्बु वा अंग्रेजी भाषामध्ये कुनै पनि भाषामा तयार गर्न सकिनेछ। भिडियोमा नाम र अभिनयमा रुचिको कारण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
नवीन सुब्बाको निर्देशनमा बन्ने उक्त फिल्ममा आवेदन पठाउन चाहनेले निम्न सम्पर्क माध्यम प्रयोग गर्न सक्नेछन्:
इमेल: menchhayayemp@gmail.com
व्हाट्सएप: +977 974-1751355
लाहुरे जुत्ता चलचित्रमार्फत लिम्बु समुदायको कथा र संस्कृति उजागर गर्ने लक्ष्य रहेको निर्माण पक्षले जनाएको छ।
Discussion about this post