BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

“स्कटल्याण्डमा हुने आदिवासी जनजाति चलचित्र महोत्सव २०२५ : आवेदन अन्तिम मिति जेठ १५”

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख १६, २०८२, ८:५० बिहान
in FEATURE, चलचित्र
“स्कटल्याण्डमा हुने आदिवासी जनजाति चलचित्र महोत्सव २०२५ : आवेदन अन्तिम मिति जेठ १५”
116
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । स्कटल्याण्डको राजधानी एडिनबर्गमा ‘आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ आयोजना हुने भएको छ।

कार्यक्रम आगामी १९ जुलाई २०२५ (२०८२ साउन ३ गते) हुने छ ।

२०२५ फेब्रुअरी १० मा काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा नेपाल स्कटल्याण्ड एसोसिएसन (NSA) का अध्यक्ष तथा महोत्सव संयोजक विजय डंगोल, हिमालय सेन्टर एडिनबर्गका अध्यक्ष टीका लिम्बु, रंगकर्मी तथा कलाकार सुबास थापा, निर्माता सागर सुवेदी र नेपाल चलचित्र निर्देशक समाजका महासचिव तथा नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष एवं महोत्सव निर्देशक अरुण कुमार प्रधानले संयुक्त रूपमा महोत्सवको ब्यानर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेका थिए।

आयोजक र सहकार्य
स्कटल्याण्डतर्फ महोत्सवको आयोजना नेपाल स्कटल्याण्ड एसोसिएसन (NSA) ले गर्नेछ भने नेपालतर्फ चलचित्रकर्मी महासंघ, कोशी प्रदेश र नेपाल चलचित्र निर्देशक समाजले संयुक्त रूपमा सहकार्य गर्नेछन्। साथै नेपाल आदिवासी जनजाति महासंघ बेलायत, फिल्म कल्चर सोसाइटी अफ नेपाल, आदिवासी जनजाति चलचित्र महासंघ केन्द्रीय समिति तथा प्रदेश १ समितिले सहयोगी संस्थाका रूपमा साथ दिनेछन्।

चलचित्र सहभागिताको मिति र प्रक्रिया
चलचित्र आह्वान मिति : २०८२ बैशाख १२ गते (२५ अप्रिल २०२५)
फर्म बुझाउने अन्तिम मिति : २०८२ जेठ १५ गते (२९ मे २०२५)

महोत्सवमा आदिवासी जनजाति विषयमा आधारित छोटा चलचित्र, वृत्तचित्र तथा विभिन्न भाषाभाषी समुदायलाई प्रतिनिधित्व गर्ने चलचित्रहरू सहभागिता गराइनेछ। साथै आदिवासी कथामा आधारित मुख्यधाराका कथानक चलचित्रहरूलाई पनि विशेष अवार्ड तथा सम्मान प्रदान गरिनेछ।

प्री-इभेन्ट कार्यक्रम काठमाडौंमा
महोत्सवको प्री-इभेन्ट कार्यक्रम आगामी २०८२ जेठ २४ गते (७ जुन २०२५) मा काठमाडौंमा आयोजना गरिनेछ।
यस कार्यक्रममा महोत्सवमा सहभागी सम्पूर्ण चलचित्र, छोटा चलचित्र र वृत्तचित्रलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ। कार्यक्रममा नेपाल सरकारका माननीय मन्त्रीहरू, चलचित्र विकास बोर्डका अध्यक्ष तथा पूर्व अध्यक्षहरू र विशिष्ट चलचित्रकर्मीहरूको विशेष उपस्थिति रहनेछ।

फाइनल इभेन्ट स्कटल्याण्डमा
महोत्सवको फाइनल इभेन्ट तथा अवार्ड वितरण समारोह २०८२ साउन ३ गते (१९ जुलाई २०२५) स्कटल्याण्डको एडिनबर्गमा भव्य रूपमा आयोजना गरिनेछ।

‘हाम्रो खाना, हाम्रो पहिरन, हाम्रो संस्कृति, हाम्रो चलचित्र’ भन्ने नारासहित आयोजना हुने महोत्सवमा जातीय खाना उत्सव, जातीय पहिरन प्रदर्शनी, चलचित्र प्रदर्शनी, अन्तरक्रिया कार्यक्रम, सम्मान समारोह, सांस्कृतिक कार्यक्रम तथा अवार्ड वितरण कार्यक्रम गरिनेछ। कार्यक्रममा सहभागी सबै दर्शक तथा अतिथिहरूले अनिवार्य रूपमा नेपाली मौलिक परम्परागत पहिरनमा उपस्थित हुनुपर्नेछ।

नेपाल स्कटल्याण्ड एसोसिएसनका अध्यक्ष विजय डंगोलले पहिलो पटक एडिनबर्गमा आयोजना हुन लागेको महोत्सवले आदिवासी जनजाति चलचित्र क्षेत्रको प्रवर्द्धनमा ऐतिहासिक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

Previous Post

किरात चलचित्रकर्मी संघ कोशी प्रदेश गठन, ११ सदस्यीय कार्यसमिति चयन

Next Post

“ऊनको स्वीटर : सरल प्रेमभित्र लुकेको जातीय पीडा र भावनाको न्यानो बुनोट”

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

माघ १८, २०८२, २:०५ बिहान
बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

माघ १६, २०८२, १०:३२ मध्यान्ह
१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

माघ १६, २०८२, १०:१२ मध्यान्ह
‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

माघ १६, २०८२, ९:५३ मध्यान्ह
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
Next Post
“ऊनको स्वीटर : सरल प्रेमभित्र लुकेको जातीय पीडा र भावनाको न्यानो बुनोट”

"ऊनको स्वीटर : सरल प्रेमभित्र लुकेको जातीय पीडा र भावनाको न्यानो बुनोट"

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।