BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र ‘नाम्लो’को विशेष शोमा नगरप्रमुख हर्क साम्पाङ भावुक

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख १२, २०८२, ६:४० मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र ‘नाम्लो’को विशेष शोमा नगरप्रमुख हर्क साम्पाङ भावुक
66
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन ।  सामाजिक सन्देश बोकेको नेपाली चलचित्र ‘नाम्लो’को विशेष प्रदर्शन धरानस्थित फ्रेन्ड्स सिनेमा हलमा सम्पन्न भएको छ। मनोरञ्जनसँगै सामाजिक उद्देश्य बोकेको यस चलचित्रको विशेष शोमा चलचित्रकर्मी, समाजसेवी, पत्रकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त विशेष शोमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ प्रमुख अतिथिका रूपमा सहभागी भए। चलचित्रको अन्त्यमा प्रयोग गरिएको संवाद “कस्तो दिन आइलाग्यो दैव, आफ्नै मुटुलाई डोकोमा बोकिहिँड्नु पर्ने” ले हर्क साम्पाङलाई भावुक बनायो। उनले खुलेरै चलचित्रको प्रशंसा गर्दै सामाजिक सञ्जालमा समेत लेखे, “चलचित्र ‘नाम्लो’ले रुवायो आज!” उक्त संवादले दर्शकको मुटु छोएको भन्दै नगरप्रमुख साम्पाङले मुक्तकण्ठले प्रशंसा गरे।

पूर्ण लिम्बुको प्रस्तुति रहेको चलचित्र ‘नाम्लो’बाट उठेको सम्पूर्ण रकम नेपालकै विकट क्षेत्रको विकासका लागि खर्च गरिने जनाइएको छ। विशेषगरी सङ्खुवासभा जिल्लाको खाम्लिङ गाउँमा खानेपानी तथा अन्य आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकताका साथ सम्बोधन गरिने निर्माण टोलिले जनाएको छ।

चलचित्रलाई पूर्ण लिम्बु, लाख बहादुर तामाङ (लाखमान योञ्जन तामाङ) र मदन बहादुर राईले संयुक्तरूपमा निर्माण गरेका हुन्। कथा तथा पटकथा समेत लाख बहादुर तामाङले लेखेका हुन्।

चलचित्रमा पूर्ण लिम्बु, शान्ति पाख्रिन, मदन बहादुर राई, सुवास तामाङ, स्मृति गुरुङ, दिनेश कोइराला, उदय कुरुङ्बाङ, होमनारायण सापकोटा, प्रेम सञ्जय लिम्बु, रमेश कटवाल, रोमन श्रेष्ठ, बिमला राई लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।

चलचित्रको निर्देशन हेमन तामाङले गरेका हुन् भने छायांकन सुमन तामाङ र सम्पादन तथा कलर ग्रेडिङ पनि हेमन तामाङकै रहेको छ। पोस्ट–प्रोडक्सन कार्य इटहरीस्थित कोशी भिजन फिल्म्स प्रा.लि.मा गरिएको हो।

यसअघि सार्वजनिक गरिएको चलचित्रको गीत ‘सलल बग्ने सभा खोला’ ले दर्शक तथा श्रोतामाझ निकै राम्रो प्रतिक्रिया पाइरहेको छ। उक्त गीतमा नन्दु गुरुङ, सुनिता थेगिम र पूर्ण लिम्बुको स्वर रहेको छ भने प्रेमकृष्ण बजगाईं, पूर्ण लिम्बु र नन्दु गुरुङको शब्द तथा संगीत रहेको छ।

चलचित्र ‘नाम्लो’ले सामाजिक यथार्थ, मानवीय संवेदना र ग्रामीण परिवेशलाई आत्मसात गर्दै दर्शकको हृदयमा गहिरो छाप छोड्ने अपेक्षा गरिएको छ।

चलचित्रको दोस्रो शो यही वैशाख १४ गते धरानकै फ्रेन्ड्स सिनेमा हलमा पुनः प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।

Previous Post

ग्रामीण चलचित्र महोत्सव: ‘अञ्जिला’लाई उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशकको अवार्ड 

Next Post

सुरक्षा पन्तको व्यङ्ग्यात्मक टिप्पणी : “मेरो रजस्वला भैरहेको छ”

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

माघ १८, २०८२, २:०५ बिहान
बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

माघ १६, २०८२, १०:३२ मध्यान्ह
१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

माघ १६, २०८२, १०:१२ मध्यान्ह
‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

माघ १६, २०८२, ९:५३ मध्यान्ह
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
Next Post
सुरक्षा पन्तको व्यङ्ग्यात्मक टिप्पणी : “मेरो रजस्वला भैरहेको छ”

सुरक्षा पन्तको व्यङ्ग्यात्मक टिप्पणी : "मेरो रजस्वला भैरहेको छ"

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।