BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

प्रदेशमै बसेर चलचित्रमा चम्किएकाहरूको सम्मान : कोशीमा ७ प्रतिभाशाली चलचित्रकर्मी सम्मानित

प्रदेशमै बसेर चलचित्रमा चम्किएकाहरूको सम्मान : कोशीमा ७ प्रतिभाशाली चलचित्रकर्मी सम्मानित

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख १, २०८२, ६:५२ मध्यान्ह
in FEATURE, चलचित्र
प्रदेशमै बसेर चलचित्रमा चम्किएकाहरूको सम्मान : कोशीमा ७ प्रतिभाशाली चलचित्रकर्मी सम्मानित
103
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन। नेपाली चलचित्र क्षेत्रमा मोफसलमै बसेर निरन्तर योगदान दिइरहेका सातजना चलचित्रकर्मीहरूलाई नेपाल चलचित्र कलाकार संघ कोशी प्रदेशले सम्मान गरेको छ। नयाँ वर्ष २०८२ को अवसर पारेर आइतबार इटहरीमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।

सम्मानित हुने चलचित्रकर्मीहरूमा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष तथा चर्चित निर्देशक अरुण कुमार प्रधान, थारु चलचित्रका महानायक तथा निर्देशक पर्शुराम चौधरी, निर्देशक लाखमान योन्जन, निर्देशक तथा कलाकार अशोक चेम्जोङ, निर्देशक तथा कलाकार सन्तोष सरकार, निर्देशक कलाकार होम नारायण राजबंशी, र बहुप्रतिभाशाली कलाकार डम्बर कुमार मेन्याङ्बो लिम्बु रहेका छन्।

संघका उपाध्यक्ष दिनेश कोइरालाका अनुसार, उनीहरूलाई मोफसलमै रहेर चलचित्रकला र संस्कृतिको प्रवर्द्धनमा खेलेको भूमिकालाई उच्च मूल्यांकन गर्दै सम्मान गरिएको हो।

कार्यक्रमको अध्यक्षता संघका कोशी प्रदेश अध्यक्ष पुष्प श्रेष्ठले गरेका थिए भने इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवस पोख्रेल प्रमुख अतिथिको रूपमा सहभागी थिए।

प्रमुख अतिथि पोख्रेलले नेपाली चलचित्रप्रतिको आफ्नो लगाव झल्काउँदै यस क्षेत्रमा कुनै पनि आवश्यकतामा साथ दिन तयार रहेको बताउँदै स्थानीय सरकार सधैं चलचित्रकर्मीहरूका लागि सकारात्मक रहने प्रतिबद्धता जनाए।

अध्यक्ष श्रेष्ठले चलचित्रकर्मीहरूको स्वास्थ्य सुरक्षा र आपतकालीन अवस्थाका लागि संघले हाल २५ हजार रूपैयाँ सहयोग गर्दै आएको जानकारी दिँदै निकट भविष्यमा यो रकम ५० हजार पुर्‍याउने तयारी भइरहेको बताए। उनले स्थानीय सरकारसँग सहकार्य गर्दै चलचित्रकर्मीहरूको सीप, क्षमता र कलात्मक अभिव्यक्तिको विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने स्पष्ट पारे।

कार्यक्रममा आदिवासी चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष तथा निर्माता ज्योतीराज राई, वरिष्ठ नाट्यकर्मी विक्रम श्री, चर्चित संगीतकर्मी राजु केसी लगायत अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमले मोफसलका कलाकारहरूको योगदानलाई मूल्यांकन गर्दै राष्ट्रिय चलचित्र क्षेत्रलाई अझ समावेशी र समृद्ध बनाउन सकिने सम्भावनालाई उजागर गरेको सहभागीहरूको धारणा थियो।

Previous Post

२०८२ सालको पहिलो दिन नेपाली चलचित्र क्षेत्रमा उत्साहको बहार, निर्माण र रिलिज घोषणाले हलचल

Next Post

सुजन चापागाईं र झुमा लिम्बुको स्वरमा ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
सुजन चापागाईं र झुमा लिम्बुको स्वरमा ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक

सुजन चापागाईं र झुमा लिम्बुको स्वरमा ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।