विशेष अनलाइन। निर्देशक दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘के घर के डेराः घर नम्बर २’ को प्रदर्शन मिति परिवर्तन भएको छ। पहिला जेठ ९ गते रिलिज गर्ने योजना थियो, तर अब यो चलचित्र एक हप्ता अगाडि सारेर जेठ २ गते प्रदर्शन हुने भएको छ ।
खनालको निर्देशनमा बुद्दि सागरको कथा रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली र रुविना घिमिरे कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रको छायांकन कृष्णबहादुर थापाले गरेका छन्। निर्माण पक्षमा ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशन को सहकार्य रहेको छ। चलचित्रका मुख्य निर्माता शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ हुन् भने युवराज कार्की कार्यकारी निर्माता रहेका छन्। चलचित्रका सह-निर्माता ओम प्रकाश अग्रवाल र महेश किजु हुन्।ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर रहेको छ ।
Discussion about this post