विशेष अनलाइन । नेपाली चलचित्र उद्योगमा चर्चित हाँस्य कलाकार नारायण त्रिपाठी, जसले ‘प्रेम चरो’को उपनामबाट दर्शकका बीच लोकप्रियता कमाएका थिए, अब लामो समयपछि ठूलो पर्दामा फर्किएका छन्। उनले एभरेष्ट सूर्य बोहरा निर्देशित नयाँ पारिवारिक चलचित्र ‘चमेलीको पोइ’मा अभिनय गर्दैछन्। ‘चमेलीको पोइ’मा, मुकुन भुसाल र सुरक्षा पन्त मुख्य भुमिकामा अनुबन्धित भएका छन्।
चलचित्रको सुटिङ नयाँ वर्ष ०८२ को पहिलो दिन शुभमुर्हतसँगै सुरु गरिनेछ। यसमा बिल्सन बिक्रम राई, रबिन्द्र झा, रजनी गुरुङ, अंशु महर्जन, र अन्य कलाकारहरूको टोली समावेश छ। चलचित्रको सुटिङ काठमाडौ, पोखरा र मुस्ताङका विभिन्न रमणीय स्थानहरूमा हुने तय भएको छ।
चलचित्रको संगीत शम्भुजीत बाँसकोटा, राजनराज शिवाकोटी र आशिष अबिरलको हुनेछ। चलचित्र पारिवारिक कथा आधारित बन्ने चलचित्र धन लक्ष्मी सिने मेकर्स र निर्देशक बोहरा स्वयंले निर्माण गरेका हुन् ।
Discussion about this post