BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

धरानको बुढा सुब्बा मन्दिरमा एक कार्यक्रमका बिच चलचित्र ‘पहिचान’को शुभ मुहूर्त

विशेष अनलाइन by विशेष अनलाइन
फाल्गुन २२, २०८१, १०:२६ मध्यान्ह
in FEATURE, चलचित्र
धरानको बुढा सुब्बा मन्दिरमा एक कार्यक्रमका बिच चलचित्र ‘पहिचान’को शुभ मुहूर्त
166
SHARES
Share on FacebookShare on Twitter
विशेष अनलाइन । चलचित्र ‘पहिचान’ को शुभ मुहूर्त  गरिएको छ । धरानको बुढासुब्बा मन्दिरको प्राङ्गणमा एक कार्यक्रम गर्दै चलचित्रको शुभ मुहूर्त गरिएको हो । शुभ मुहूर्तमा पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले नरिवल फुटाएका थिए भने क्ल्याप याकथुङ चलचित्रकर्मी सङ्घका अध्यक्ष नवीन मेन्याङ्वोले गरेका थिए । एक्सन कट भने चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले गरेका थिए । चलचित्रका मुख्य कलाकार धिरेन शाक्य र करिष्मा मानन्धरले मुहूर्त सट दिएका थिए ।
भिम लामाको निर्देशनमा बन्न लागेको चलचित्र  ‘पहिचान’ पूर्वकै विभिन्न स्थानहरूमा छायाङ्कन गरिने कार्यक्रममा जानकारी दिइयो । चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानको प्रमुख अतिथियतामा भएको कार्यक्रममा पूर्वका चलचित्रकर्मी तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेपाल चलचित्र निर्देशक समाजका महासचिव समेत रहेका कार्यक्रमका प्रमुख अतिथि अरुण कुमार प्रधानले अभिनेता धिरेन शाक्य तथा अभिनेत्री करिष्मा आनन्धरलाई पूर्वमा स्वागत गरे । ठट्यौली शैलीमा बोल्दै प्रधानले सानै देखि अभिनेत्री करिष्मा मानन्धरलाई मन पराउने गरेको बताए ।
सुरुवातबाट नै चलचित्र  ‘पहिचान’मा जोडिएको उल्लेख गर्दै अभिनेता धिरेन शाक्यले उत्कृष्ट नतिजा निकाल्न सबैले मेहनत गर्ने बताए । यता अभिनेत्री करिष्मा मानन्धरले  ‘पहिचान’ का माध्यमबाट पूर्वेली दर्शकसँग नजिकबाट साक्षात्कार गर्ने अवसर प्राप्त भएको उल्लेख गरिन् ।
चलचित्रका निर्देशक भिम लामाले चलचित्र  ‘पहिचान’  ऐतिहासिक चलचित्र बन्ने विश्वास व्यक्त गरे । कथा लेखन देखि कलाकार छनौट सम्ममा कुनै कसुर नराखी कथाले मागे अनुसार कै कलाकार छनौट गरिएको निर्देशक लामाको भनाई थियो । निर्देशक लामाकै कथामा निर्माण हुने चलचित्रमा धिरेन र करिष्माका अलावा द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्गी,प्रेम सुब्बा,सुरवीर पण्डित, प्रशान्त तामाङ, किशोर सम्बाहाम्फे, रामजी विष्ट ,रोशन शर्मा , शर्मिला राई ,नव नायिका जेनि घिसिङ लगायतको अभिनय रहने छ ।
भिम लामा फिल्मस् प्रा।लि।को ब्यानरमा निर्माण हुने  चलचित्र पूर्वका विभिन्न स्थानहरूमा छायाङ्कन गरिने छ । चलचित्रको निर्मातामा भिम लामा सहित रामजी बिस्ट, छिरिङ लामा, उमेश तामाङ छन्  । निर्देशक तथा निर्माता लामाले यस अघि चलचित्र  ‘माटो’, ‘भेडिगोठ’ निर्माण गरिसकेका छन्  भने ‘फेक फ्रेन्ड’ ,’गोल’ , ‘सरप्राइज’,’नासो’, ‘लिलामे माइला’ लामाले निर्देशन गरेका चलचित्र हुन् ।

Previous Post

मधेश आन्दोलनको पृष्ठभूमिमा बालक अपहरणको कथा प्रस्तुत गर्दै ‘राजागंज’को ट्रेलर सार्वजनिक

Next Post

११:५५’ ट्रेलर: रहस्य, अपराध र प्रतिशोध

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

फाल्गुन २६, २०८२, १०:१३ मध्यान्ह
मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

फाल्गुन २६, २०८२, ९:५४ मध्यान्ह
चलचित्र ‘टिका’को घोषणा

चलचित्र ‘टिका’को घोषणा

फाल्गुन २५, २०८२, १०:२२ मध्यान्ह
‘एक मुठी बादल’ जेठ १ देखि प्रदर्शनमा: महिला सशक्तिकरणको नयाँ बिम्ब

‘एक मुठी बादल’ जेठ १ देखि प्रदर्शनमा: महिला सशक्तिकरणको नयाँ बिम्ब

फाल्गुन २५, २०८२, ९:५८ मध्यान्ह
चलचित्र ‘हामी तीन भाइ’को टिजर सार्वजनिक: चैत १३ मा प्रदर्शन हुने

चलचित्र ‘हामी तीन भाइ’को टिजर सार्वजनिक: चैत १३ मा प्रदर्शन हुने

फाल्गुन २०, २०८२, १०:१८ मध्यान्ह
Next Post
११:५५’ ट्रेलर: रहस्य, अपराध र प्रतिशोध

११:५५’ ट्रेलर: रहस्य, अपराध र प्रतिशोध

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

सांसद बन्ने निश्चित भएसँगै प्रकाश सपूतको चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, १०:४१ मध्यान्ह
0

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु: नीति र दिलको मुख्य भूमिका

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, १०:१३ मध्यान्ह
0

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

मुक्तिपुर’को शुभमुहूर्तसँगै छायाङ्कन प्रारम्भ: नाजिर र गौरवको मुख्य भूमिका

by विशेष अनलाइन
फाल्गुन २६, २०८२, ९:५४ मध्यान्ह
0

चलचित्र ‘टिका’को घोषणा

चलचित्र ‘टिका’को घोषणा

by विशेष अनलाइन
फाल्गुन २५, २०८२, १०:२२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।