विशेष अनलाइन । फिल्म ‘जनै हराएको बाहुन’मा मिरुना मगर जोडिएकी छन् । मिरुनाको इन्ट्री सँगै फिल्ममा मिरुना मगर र विजय बरालले जोडी बाँध्ने पक्का भएको छ । मिरुनाले केही दिनअघि यो फिल्म साइन गरेकी हुन् ।
यसअघि कबड्डी, जारी लगायत फिल्ममा यी दुईले सहकार्य गरे पनि ‘जनै हराएको बाहुन’मा भने पहिलो पटक जोडी बन्न लागेका हुन् । मिरुना अहिले ‘कुस्ती’मा ब्यस्त छिन् । यसपछि अशोक शर्माको ‘डबल ट्रिपल’मा अभिनय गर्नेछिन् । त्यो सकिएपछि बैशाखदेखि ‘जनै हराएको बाहुन’को छायांकन हुनेछ । त्यसपछि ‘जारी २’ र ‘कबड्डी ५’ मिरुनाको लाइनअपमा छन् ।
फिल्ममा विजय र मिरुनासँगै मनिष राउत, गौरव पहाडी, रियर राई लगायतको अभिनय रहनेछ । आमा र छोराबीचको भावनात्मक कथामा बन्न लागेको फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । उनले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्मको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ फेम्ड अभिनेता मनिष राउत छन् ।
भानुभक्त ढकालको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा नवीन गुरुङको छायांकन रहने छ । फिल्मको निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर।के। मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ छन् । फिल्म हरितालिका तीजको अवसरमा भदौ १० गते प्रदर्शन गर्ने बताइएको छ ।
Discussion about this post