विशेष अनलाइन । नेपाली कथानक चलचित्र ‘नाम्लो’ को पोस्टर तथा ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार धरानको श्रम चौतारी, श्रम संस्कृति पार्कमा आयोजित विशेष कार्यक्रममा चलचित्रको ट्रेलर, पोस्टर तथा गीत सार्वजनिक गरिएको हो।
चलचित्र सार्वजनिक कार्यक्रममा धरानका मेयर हर्क साम्पाङ प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा चलचित्रको कथा, पात्रहरू तथा निर्माण पक्षबारे जानकारी गराइएको थियो। कार्यक्रममा बोल्दै धरान उप–महानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले आफु कलाप्रेमी भएको उल्लेख गर्दै कलाकार हौसला बढाउने कुरामा सकारात्मक रहेको उल्लेख गरे । उनले चलचित्रको गीतको खुलेर प्रशंशा गरे ।
हेमन तामाङको डेब्यु निर्देशनमा बनेको चलचित्रमा कलाकार शान्ती पाख्रिन, पूर्ण लिम्बु, मदन राई, सुवास तामाङ लगायतका कलाकारहरुको भुमिका रहेको छ । चलचित्र ‘नाम्लो’ दुर्गम पहाडी भेगका भरियाहरूको जीवनसंघर्ष तथा पीडा प्रस्तुत गरेको छ।
Discussion about this post