विशेष अनलाइन । फिल्म ‘मायावी’को ट्रेलर सार्वजनिक भएको छ । विहिबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो ।
३ मिनेट लामो ट्रेलरको केन्द्रमा प्रेम र त्यागको कथा प्रस्तुत छ । फिल्म पल र दीपिकाको प्रेम वरपर घुमेको छ । प्रेममा परेको जोडीको बीचमा आउने अवरोधको कथा फिल्मले बोलेको छ ।
दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’मा पल शाह, दिपिका प्रसाई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, समिम खान, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौड्याल, रवि डंगोल लगायतको अभिनय छ । फिल्मको कथा, पटकथा र निर्देशक दिवाकर भट्टराइले नै गरेका हुन् ।
Discussion about this post