विशेष अनलाइन । हास्य श्रृखला ‘सक्किगो नि’का कलाकार सागर लम्साल उर्फ बले फिल्म ‘डल्लेले इन्ट्री मार्यो’मा अनुबन्ध भएका छन् । निर्देशक राजु गिरीले उनलाई फिल्मको शीर्ष भूमिकामा अनुबन्धित गरेका हुन् । सन् २०१८ मा रिलिज भएको फिल्म ‘हैरान’ फ्लप भएपछि उनी फिल्म क्षेत्रमा निस्क्रिय थिए ।
त्यसको करिव ६ वर्ष पछि उनी पुन फिल्म नगरीमा सकृय हुन थालेका हुन् । कमब्याक फिल्म ‘लाज शरणम्’ हलमा नलाग्दै उनले अर्को फिल्ममा लिखित सम्झौता गरेका हुन् । राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’को छायांकन ‘लाज शरणम्’ रिलिज पछि हुनेछ ।
लक्ष्मण सुवेदीको स्क्रिप्ट लेखन रहेको फिल्ममा उनले डल्लेको चरित्र निभाउने बताइएको छ । फिल्मको निर्मातामा सावित्रा चिलुवाल, निर्मला बस्नेत र आशिष(आदर्श बस्नेत छन् । फिल्ममा सागरबाहेक अरु कलाकारहरु निश्चित भएका छैनन् । अब बाँकी कलाकार छनोट गरिने निर्देशक गिरीले बताए ।
Discussion about this post