विशेष अनलाइन । प्रकाश सपुत निर्देशित चलचित्र ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक भएको छ ।
निर्देशक सपुतकै शब्द, संगीत रहेको गीतको गायनमा भने उनलाई शान्तिश्री परियारले साथ दिएकी छन् । गीतको संगीत संयोजन सुदीप सागरले गरेका हुन् ।
गीतको भिडियोमा सपुत र स्वस्तिमा खड्काले अभिनय गरेका छन् । दुई पात्र वसन्त र शान्तीको प्रेमलाई गीतले गज्जबले प्रस्तुत गरेको छ । भिडियोमा प्रभातपाल ठकुरी, खड्गबहादुर पुन, शिभांशी श्री लगायतलाई पनि देखाइएको छ ।
सपुतकै होमप्रोडक्सन गलबन्दी प्रोडक्सनले निर्माण गरेको चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा छन् । कार्यकारी निर्मातामा वीरेन्द्रनारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन् । चलचित्र चैत २२ बाट प्रदर्शनमा आउने बताइएको छ ।
Discussion about this post