विशेष अनलाइन । यक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा डेव्यु चलचित्र ‘वसन्त’को छायांकन सकिएको छ । बुधबार ३८ औं दिनमा चलचित्रको छायांकन सम्पन्न गरिएको हो ।
चलचित्रमा प्रकाश सपुतसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरुकोको अभिनय रहेको छ ।
आगामी चैत्र २२ गते चैते दसैँको अवसर पारेर प्रदर्शनमा आउने भएको छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौँ र तराईका विभिन्न स्थानमा चलचित्रको छयाङ्कन गरिएको हो ।
सोसल ड्रामा रहेको चलचित्रमा कथा, पटकथा र संगीत पनि सपुतले तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा चलचित्रले भन्नेछ ।
Discussion about this post