विशेष अनलाइन । जीवन सेञ्चुरीले निर्देशन गरेको चलचित्र ‘जुना’को प्रदर्शन मिति तय भएको छ। बालविवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘जुना’ आगामी माघ २५ गते रिलिज गरिने भएको हो ।
गोदावरी फिल्मस् प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र विके र केशव अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
‘नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस चलचित्रको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको छ’, निर्देशक सेञ्चुरीले भने ।सेञ्चुरीले चलचित्रले ‘बाल विवाह सामाजिक अपराध हो । त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको बताए ।
पर्वतको सालिजा ओख्रेनीमा छायाङ्कन गरिएको चलचित्रमा दीपकप्रसाद घिमिरेको लगानी रहेको छ । बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत रहेको छ । चलचित्रको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।
Discussion about this post