विशेष अनलाइन । सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशनमा बनेको चलचित्र ‘रंगी’ को प्रदर्शन मिति तय भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रको पोस्टर र मोसन पोस्टर बुधबार सार्वजनिक गर्दै आगामी फागुन २ गते प्रदर्शन हुने जानकारी दिएको हो ।
चलचित्रको पोस्टरमा कलाकार सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाल देखिएका छ्न् । ग्रामीण बजारलाई पृष्ठभूमिमा राखेर तयार पारिएको पोस्टरमा आयुषी र सलोनलाई गम्भीर भावमा देखाइएको छ । त्यस्तै मोसन पोस्टरमा सलोन, आयुषी र ‘डेब्यु’ नायिका नम्रता श्रेष्ठलाई देख्न सकिन्छ ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रलाइ सक्षम सुवेदी र करिश्मा केसी बस्नेतले निर्माण गरेका हुन् । चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायाङ्कन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको सङ्गीत रहेको छ । चलचित्रमा बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । चलचित्रलाइलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दै छ ।
Discussion about this post