विशेष अनलाइन । चलचित्र ‘जेरी अन टप’को छायांकन नसकिँदै निर्माता सरोज न्यौपानेले अर्को चलचित्रको घोषणा गरेका छन् । सोमबार उनले एक पोस्टरमार्फत् ‘फनफनी घुमेर’को निर्माण घोषणा गरेका हुन् ।
उनले कलाकार र निर्देशकको नाम भने सार्वजनिक गरेका छैनन् । चलचित्रमा अहिलेका चर्चित कलाकार रहने उनको भनाइ छ ।
आगामी फागुन अन्तिम वा चैत पहिलो साताबाट चलचित्रको छायांकन सुरु हुन सक्ने निर्माता न्यौपानेले बताए । अनन्या फिल्म्सको प्रस्तुति रहने चलचित्रको निर्मातामा भविष्य खडका पनि छन् ।चलचित्रलाई आगामी दशैंको फूलपातीमा रिलिज गरिने निर्माता न्यौपानेले बताए ।
निर्माता न्यौपानेको नयाँ चलचित्र ‘जेरी अन टप’ फ्लोरमा छ । ‘जेरी अन टप’लाई आगामी जेठमा रिलिजको तयारी गरिएको छ ।
Discussion about this post