BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

इटहरीको इलाइट सहित देशभरका सिनेमा घरमा ‘बेहुली फ्रम मेघौली’को एड्भान्स बुकिङ खुल्ला

विशेष अनलाइन by विशेष अनलाइन
अशोज १५, २०८१, ८:०२ मध्यान्ह
in FEATURE, चलचित्र
इटहरीको इलाइट सहित देशभरका सिनेमा घरमा ‘बेहुली फ्रम मेघौली’को एड्भान्स बुकिङ खुल्ला
80
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । यस वर्षको अपेक्षित चलचित्र ‘बेहुली फ्रम मेघौली’को एडभान्स बुकिङ सोमबारदेखि खुल्ला भएको छ । असोज १७ गते घटस्थापनाको अवसर पारेर रिलिजको तयारीमा रहेको चलचित्रको इटहरीको इलाइट सिनेमा सहित देशैभरका चलचित्र हलहरुले एडभान्स बुकिङ खुल्ला गरेका हुन् ।

चलचित्रलाई प्रमुख मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभर ७३ शो उपलब्ध गराएको छ, जसमा ३२ शो काठमाडौं उपत्यकामा र ४१ शो मोफसलमा खुला गरिएको छ।

यसका साथै, आइएनआई सिनेमाजले काठमाडौंका दुई हल र बुटवलमा गरि १४ शो दिएका छन् भने वान सिनेमाजले नयाँ बानेश्वर र कालीमाटीका हलहरुमा ९ शो उपलब्ध गराएको छ। बिग मुभिजले ६ शो र एफक्युबले ७ शो दिएका छन्। अझै केही हलमा एडभान्स बुकिङ खुल्न बाँकी रहेकोले पहिलो दिन चलचित्रले दुई सय भन्दा बढी शो पाउने सम्भावना रहेको छ।

नेपाली चलचित्रमा लागेको खडेरीलाई केही हदसम्म यस अघिको चलचित्र ‘खुस्मा’ले कम गरेको उल्लेख गर्दै इटहरीको इलाइट सिनेमाका प्रमुख नवराज केसीले ‘बेहुली फ्रम मेघौली’लाई दर्शकले पर्खिरहेको बताए । ‘खुस्मा’ले दर्शकको खडेरी केही हदसम्म कम गर्यो । ‘बेहुली फ्रम मेघौली’ सहित अब प्रदर्शनमा आउने चलचित्रहरुले सिनेमा घरमा दर्शकको भिड लाग्नेमा आसावादी छौँ, केसीले भने ।

‘बेहुली फ्रम मेघौली’लाई साजन काफ्ले र आकाश बरालले संयुक्त रुपमा निर्देशन गरेका हुन्। चलचित्रमा स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ भने बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारी लगायतका कलाकारहरुको अभिनय छ। चलचित्रले उमेर पुगेकी युवतीमाथि समाज र परिवारले विवाहका लागि दिने दबाब र त्यसबाट उत्पन्न हुने परिस्थितिको कथा प्रस्तुत गर्नेछ।

चलचित्रमा जयन जे वाइवा र कुशल पोखरेलको संगीत, प्रदीप लामा र केबीका खत्रीको कोरियोग्राफी रहेको छ । स्वस्तिमा खड्काले निर्माण गरेको चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका छन् भने सम्पादन निमेष श्रेष्ठले गरेका हुन्।

Previous Post

एक्सनप्रधान चलचित्र ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

Next Post

द्रौपदीको फष्टलुक सार्वजनिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

माघ १८, २०८२, २:०५ बिहान
बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

माघ १६, २०८२, १०:३२ मध्यान्ह
१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

माघ १६, २०८२, १०:१२ मध्यान्ह
‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

माघ १६, २०८२, ९:५३ मध्यान्ह
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
Next Post
द्रौपदीको फष्टलुक सार्वजनिक

द्रौपदीको फष्टलुक सार्वजनिक

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।