विशेष अनलाइन । असार २८ गते बाट प्रदर्शनमा आएको चलचित्र ‘घरज्वाइँ’ ले ५१ औं दिनपुरा गरेको छ ।दयाहाङ र मिरूना अभिनीत चलचित्रले राम्रो व्यापार गर्दै प्रदर्शनको लामो यात्रा तय गरेको हो ।
शनिबारबाट मल्टीप्लेक्स चेन आइएनआईको नयाँ बसपार्क, नयाँ बानेश्वर र बुटवलका तीनवटा हल, गोंगबुस्थित बिएसआर मुभिज, सामाखुसीमा रहेको क्यूएफएक्स चेनको सिटी स्क्वायर हल र नेपालगन्जस्थित सिने रोयल हलमा ५१ औं दिन पार गरेको हो ।
चलचित्र निर्माण युनिटले शनिबार साँझ एक कार्यक्रम आयोजना गरि केक काट्दै ५१ औँ दिन मनाएको छ । कार्यक्रममा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, अभिनेत्री मिरुना मगर लगायत चलचित्र युनिट र रंग पत्रकारहरुको सहभागिता थियो ।
५१ औं दिन पार गरेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रले ले ५१ औं दिनसम्म ६ करोडको व्यापार गरेको कार्यक्रममा निर्माण युनिटले जानकारी गराएको छ ।
चलचित्र २ करोडको लागतमा निर्माण भएको हो । मगर समुदायमा प्रचलित घरज्वाइँ संस्कृतिको कथामा आधारित चलचित्रलाई अनिल बुढा मगरले निर्देशन र जनक घर्ती मगरले निर्माण गरेका हुन् ।
Discussion about this post