विशेष अनलाइन । प्रदीप शाहीको निर्देशन रहने चलचित्र ‘एक्लो’को शुभमुहूर्त गरिएको छ । बुधबार बिहान भद्रकाली मन्दिर आयोजित एक कार्यक्रमकाबिच चलचित्रको मुहूर्त गरिएको हो ।चलचित्रका लागि मुहूर्त सट अभिनेत्री बेनिशा हमाल र कविता नेपालीले दिए ।
बिहीबारदेखि छायाङ्कन सुरु हुने चलचित्रको मुहूर्तमा बेनिशा र कविता सहित कोविजय लामा, सुनिल थापा, सुरज सिंह ठकुरी, बेलायती अभिनेता जेमी बेकन सहभागी थिए । जेमी बेकनको चलचित्रमा अभिनय रहनेछ । उनी मंगलबारमात्रै नेपाल आएका हुन् ।
कार्यक्रममा निर्देशक प्रदीपले चलचित ‘एक्लो’ नेपाल मात्र नभएर अन्तर्राष्ट्रिय बजारलाई पनि मध्यनजर गरेर निर्माण गर्न लागेको जानकारी दिए ।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिनेश डीसी, सुरज सिंह ठकुरी, बेनिशा हमाल, कविता नेपाली, दिया पुन र बेलायती अभिनेता जेमी बेकनको मुख्य भुमिका रहनेछ । साइन्स–फिक्सन कथामा बन्न लागेको चलचित्रमा बेकनले बेलायती अन्तरिक्षयात्रीको भूमिका निर्वाह गर्दैछन् ।
बिहिबार बाट चलचित्रको छायाङ्कन काठमाडौँमा हुने छ । चलचित्रको ४५ दिनको छायाङ्कन तालिका निर्धारण गरिएको छ ।
Discussion about this post