विशेष अनलाइन । प्रदीप शाहीले निर्देशन गर्न लागेको चलचित्र ‘एक्लो’ को लागि बेलायती अभिनेता जेमी बेकन काठमाडौँ आएका छन् ।उनी मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । बुधबार बाट छायांकन सुरु हुने चलचित्रको लागि उ नि नेपाल आएका हुन् ।
अभिनेता जेमीलाई निर्देशक प्रदीप शाही, अभिनेत्री दिया पुन, कविता नेपालीले ढाकाटोपी र फूलमालामा स्वागत गरेका छ्न् । बेकन यो चलचित्रको लागि बेलायती निर्माण साझेदारको रूपमा समेत छन् ।चलचित्रले नेपाल र बेलायतबिच बलियो सम्बन्ध बनाउने उनको विश्वास रहेको छ ।
बेकन नेटफ्ल्क्सि शृङ्खला ‘व्हाइट लाइन्स’मा शीर्ष भूमिका र स्टीवन कुकसनको फिचर चलचित्र ‘ब्राइटन’मा सहायक भूमिकाका लागि परिचित छन् । साइन्स–फिक्सन चलचित्र ‘एक्लो’मा बेकनले बेलायती अन्तरिक्षयात्रीको भूमिका निर्वाह गर्नेछन् । अभिनेता बेकन ३० दिन नेपालमा रहनेछन् ।
Discussion about this post