विशेष अनलाइन । जीवन सिंहको निर्देशनमा चलचित्र ‘हन्टर’को निर्माण गर्ने घोषणा गरिएको छ । सोमबार कृष्ण जन्माष्टमीको अवसर पारेर टाइटल पोस्टर सार्वजनिक गर्दै एक्सन जनरामा आधारित नयाँ चलचित्र बनाउने घोषणा गरिएको हो । चलचित्रमा हन्टरको रुपमा अभिनेता अरुण क्षेत्री अनुबन्धित भएका छन्।
सार्वजनिक टाइटल पोस्टरमा चलचित्रको थिमलाई झल्काइएको छ। टाइटलले (टाइफोग्राफी) चलचित्र एक्सन जनरामा निर्माण हुन लागेको महशुस गराउँछ। टाइफोग्राफी ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन्। यो चलचित्रमा पोस्टर तथा पब्लिसिटी डिजाइन पनि रोयल भिमसेनकै रहने भएको छ।
चलचित्रमा अभिनेत्री गरिमा शर्मा समेत अनुबन्धित भइसकेकी छन्। यद्यपि निर्माण टिमले यसबारे औपचारिक जानकारी दिएको छैन। अन्य कलाकारबारे केही दिनपछि जानकारी गराइने बताइएको छ।
क्याच कुक इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्रले सुदूरपश्चिमको कथा भन्ने निर्माणपक्षले जनाएको छ।
Discussion about this post