विशेष अनलाइन । बाबु बलामी निर्देशित चलचित्र ‘देव वाणी’को पहिलो गीत सार्वजनिक गरिएको छ । आइतबार एक कार्यक्रममा ‘तिमीलाई सधैं भरी’ बोलको गीत सर्वजानिक गरिएको हो । चलचित्रको यो गितमा प्रताप दास र सुनिता कार्कीको गायन, भोला पौडेलको शब्द, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत रहेको छ । तेन्जु योञ्जनको कोरियोग्राफीमा बनेको गीतमा अभिनेता कुन्दन भारद्वाज र अभिनेत्री अनुजा लेप्चाको प्रेमलाई देखाइएको छ ।
चलचित्रमा कुन्दन र अनुजा लेप्चासहित सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना, मौसम पौडेल लगायत कलाकारहरुको अभिनय रहेको छ ।
मौसम फिल्मस् प्रोडक्सन हाउस तथा अनुजा इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रमा निराजन मेहता मन्जिलको पटकथा र संवाद रहेको छ । यस चलचित्रमा हरिबहादुर घलेको छायांकन श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व रहेको छ ।
तेन्जु योञ्जनसहित रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा बन्दे प्रसादले सम्पादन गरेका छन् । चलचित्रमा मीना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेका छन् । चलचित्रको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । चलचित्रलाई नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण भएको छ ।चलचित्र आगामी मंसिर ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ ।
Discussion about this post