विशेष अनलाइन । बिजय सुब्बा निर्देशित चलचित्र ‘सिटी अफ वार’ को छायांकन १८ औ दिनमा धरानको बिभिन्न ठाउहरुमा भैरहेको छ । चलचित्र धरानको परिवेशमा रहेर निर्माण भैरहेको लेखक तथा निर्देशक सुब्बाले बताएका छन् । किशोर, किशोरी र युवायुवतीहरु लागुुऔषध र कुलतमा फसेको र धरानमा धेरै मात्रमा लागुुऔषधको प्रयोग र कारोवारीहरुले अशान्त बनाएको बिषयलाई चलचित्रमा प्रस्तुत गरिएको निर्देशक सुब्बाले बताए । यस चलचित्रले धरानलाई हेर्ने नकरात्मक दृष्टिलाई चिर्ने प्रयास गरेको सुब्बाले दावी गरेका छन् ।
प्रोजेक्ट म्यानेजर तथा कलाकार मेन्याङवो भन्छन् , ‘ छायांकनको काम निरन्तर भैरहेको छ । चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको र गीतको छायांकन गरेर सम्पूर्ण छायांकन सकिने छ । छायांकनको काम सकिए पछि पोस्ट प्रोडक्सनको काममा लाग्ने छौ । करिव एक महिनाको छायांकन सेड्युल रहेको चलचित्र करिब पौने दुई घण्टाको हुनेछ । चलचित्रमा धिरज लिम्बुको दुई वटा र बिजय वाम्बुले राईको एक वटा गरी जम्मा ३ वटा गीत समाबेश गरिएको छ ।’
चलचित्र छायांकन समाप्त पछी प्रदर्शनको बारेमा जानकारी दिने निर्माण टिमले जनाएको छ । चलचित्रलाई राम्रो बनाउन निर्माण टिम लागिपरिरहेको र चलचित्रका लागी आवश्यक सम्पूर्ण सामग्रीहरु जुटाउन सहज भैरहेको प्रोडक्सन म्यानेजर सानुराजा थेगिमले जानकारी दिए । धरानभित्र नै सुटिङ स्थल भएकोले धेरै कुराहरुमा सहज भैरहेको थेगिमको भनाइ छ ।
पुर्वाञ्चल फिल्मस् एकेडेमी धरानको ब्यानर र याक्थुङ चलचित्रकर्मी संघ केन्द्रको सहकार्यमा बनेको चलचित्रमा जोसेफ लिम्बु,रोजनी तेयोङ, तेज मेन्याङ्वो, तिरज लिम्बु ,सोमा राई, समृद्धि लिम्बु, प्रशान्त राई,नुमा नेयोङ, नबिन मेन्याङ्बो, नबिन पराजुली, सुरेन्द्र भुजेल, दिलु सुब्बा, उदय सुब्बा कुरुम्बाङ,लगायत कलाकारहरुको को अभिनय रहेको छ चलचित्रलाई मणी कुमार लिम्बुले छायांकन गरिरहेका छन । चलचित्रको द्वन्द निर्देशन मिलन तामाङले गरेका छन ।
Discussion about this post