विशेष अनलाइन । सिमोस सुनुवारको निर्देशन चलचित्र ‘जन्ते बाख्रो’मा अभिनेता आशिफ शाह अनुबन्धित भएका छन् । चलचित्रको मुख्य भूमिकामा शाहलाइ भित्र्याएको निर्माण युनिटले जानकारि दिएको छ ।
चलचित्रको छायाङ्कन तिहार पछि सुरु हुने बताइएको छ । छायाङ्कन ढिलो हुने भएकोले कलाकार छनौटमा ढिलाइ भएको निर्माण युनिटले बताएको छ । अभिनेता सौगात मल्ललाई भित्राइएको चलचित्रमा अभिनेत्री छनौट हुने क्रममा छ ।
चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । कमेडी कथावस्तुमा रह्र्को चलचित्र ‘जन्ते बाख्रो’ निर्माण हुन लागेको शीर्षकले बुझाउँ हो ।
बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । चलचित्रको कथावस्तु यसैको वरिपरि आधारित रहने बताइएको छ ।
मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा निर्देशक सुनुवार र सन्तोष गौतमको लगानी रहनेछ । चलचित्रको छायाङ्कन हरि हुँमागाईले गर्ने भएका छन् ।
Discussion about this post