बिशेष अनलाइन । कुमार कट्टेल (जिग्री) ले निर्देशन गर्न लागेको चलचित्र ‘लाज शरणम्’मा बबिन राई (गल्फने बाजे) अनुबन्धित भएका छन्। ‘सक्किगो नि’ श्रृंखलामा गल्फने बाजेको पात्रको रुपमा चर्चित कलाकार राईले निर्मातासँग लिखित समझदारी गरि चलचित्रमा भित्रीएका हुन् ।
हास्य टिभी सिरियल ‘सक्किगो नि’ समूह यतिबेला कथानक चलचित्र ‘लाज शरणम्’को निर्माणमा जुटिरहेको छ । चलचित्रको कास्टिङ लाइनअप अझै विस्तार हुने क्रममा रहेको छ ।
‘सक्किगो नि’ टिमका चर्चित कलाकार सागर लम्साल ’बले’, पाँडे र कमलमणि नेपाल को अभिनय रहने भएको छ ।विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, माला लिम्बू, मुकुन्द श्रेष्ठ, विजय बराल र देशभक्त खनालको शीर्ष भूमिकामा अभिनय रहने छ । भदौको तेस्रो सातादेखि चलचित्र छायांकन हुने तयारीमा रहेको छ ।
चलचित्र प्रदर्शन महाशिवरात्री अर्थात् फागुन १४ गतेलाई तय गरिएको छ ।
Discussion about this post