विशेष अनलाइन । दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्र ‘के घर के डेरा: घर नम्बर २’मा निश्चल बस्नेतको अगमन भएको छ । साउनको २५ गतेबाट छायाङ्कनमा जान लागेको चलचित्रमा बस्नेतलाई मुख्य भूमिकामा अनुबन्धित गरिएको निर्देशक खनालले जानकारी दिए ।
यसअघि चलचित्रमा नायक खगेन्द्र लामिछाने भित्रिएका थिए । चलचित्रका लागि अझै ४ जना कलाकारहरूलाई मुख्य भूमिका अनुबन्धित गर्न बाँकी रहेको निर्माण पक्षले बताएको छ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको कथा चर्चित लेखक बुद्धिसागरले लेखेका हुन् । चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ निर्माताको रूपमा छन् । युवराज कार्की चलचित्रका कार्यकारी निर्माता हुन् ।
चलचित्रमा अनुबन्धित भएपछि कलाकार बस्नेत उत्साहित देखिए । उनले, चलचित्रको कथावस्तु बलियो रहेकाले आफू काम गर्न तयार भएको बताए ।
सामाजिक कथावस्तुमा निर्माण हुन लागेको चलचित्रलाई यसै वर्षप्रदर्शनमा ल्याउने योजनामा निर्माण पक्ष छ ।चलचित्रलाई काठमाडौँमा रिच इन्टरटेन्मेन्ट र काठमाडौँ बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भइसकेको छ ।
Discussion about this post