विशेष अनलाइन । सरोज पौडेल निर्देशित चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायाङ्कन सकिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण गरिएको चलचित्रको गत जेठ २४ गतेबाट छायाङ्कन सुरु गरेर पहिलो चरणको छायाङ्कन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्रको आसपासमा ३६ दिन लगाएर पूरा गरिएको छ ।
चलचित्रको बाँकी छायाङ्कन काठमाडौँमा गरिने निर्माण पक्षले जानकारी दिएको छ । दोस्रो सेड्यूलको छायाङ्कन दशै पछि सुरु गरिने निर्माता विनोद पौडेलले जानकारी दिए। ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । चलचित्रमा बालकालकार जान्भी पौडेल र स्वयम् केसीको समेत अभिनय रहने भएको छ ।
अन्तर्राष्ट्रिय रूपमा चलचित्र वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले चलचित्रलाई निर्माण गरेको हो ।चलचित्रको लेखन निर्देशक सरोज पौडेलले गरेका हुन् । चलचित्र गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदी चलचित्रको लगानी कर्ता हुन् । चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी चलचित्रमा रहेको छ । चलचित्रका गीतहरूमा प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको आवाज रहने छन् । निर्माण टिमले चलचित्रलाई २०८२ सालभित्र प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
Discussion about this post