BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

तामाङ चलचित्र संघ कोशी प्रदेश शाखा विस्तार, अध्यक्षमा भिम लामा

विशेष अनलाइन by विशेष अनलाइन
असार ३०, २०८१, ३:०२ मध्यान्ह
in FEATURE, चलचित्र
तामाङ चलचित्र संघ कोशी प्रदेश शाखा विस्तार, अध्यक्षमा भिम लामा
151
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । तामाङ चलचित्र संघको कोशी प्रदेश शाखाका पदाधीकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । गत फागुनमा चलचित्र निर्देशक तथा निर्माता भिम लामाको अध्यक्षतामा गठन भएको कोशी प्रदेश शाखालाई चार महिना पछी पूर्णता दिदै सम्पूर्ण पदाधीकारीहरुलाई सपथ ग्रहण गराइएको हो ।

शनिबार धरान ८ स्थित तामाङ घेदुङ संघको जिल्ला कार्यसमितीको सभाहलमा एक कार्यक्रम आयोजना गरी तामाङ चलचित्र संघका उपाध्यक्ष अमर लामाले पदाधीकारीहरुलाई सपथ ग्रहण गराएका हुन् ।

संघको कोशी प्रदेश शाखामा अध्यक्ष भिम लामा, प्रथम उपाध्यक्ष अनुप योन्जन, दोस्रो उपाध्यक्ष मोहन लोप्चन, महासचिब शान्ती पाख्रीन, कोषाध्यक्ष स्‍मृति तामाङ र सदस्यहरुमा बुद्दीमान तामाङ, रामजी तामाङ, मङ्गल सिंह तामाङ, मान सिंह तामाङ, र हस्त पाख्रीन रहेका छन भने बाकी सदस्य समितीको पहिलो बैठक बसेर मनोनयन गर्ने अध्यक्ष भिम लामाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै तामाङ चलचित्र संघ केन्द्रिय कार्यवाहक अध्यक्ष दिपक लामाले तामाङ चलचित्रको बजार बिस्तार गर्न केन्द्रले ७ ओटै प्रदेशमा शाखा बिस्तार गर्ने योजना बनाएको उल्लेख गरे ।
उनले चलचित्र संस्कृति र संस्कारको सम्वाहक भएको उल्लेख गर्दै गहन अध्ययन अनुसन्धान गरेर मात्र चलचित्र निर्माणको थालनी गर्न आवस्यक रहेको उल्लेख गरे । पछिल्लो समय निर्माण भएका जातिय चलचित्रहरुले संस्कृतिको नाममा गलत प्रचारबाजी गर्ने गरेको लामाको भनाई थियो ।

नेपाल तामाङ घेदुङ प्रदेश १ अध्यक्ष, रेख बहादुर तामाङले भाषिक चलचित्र निर्माण गर्दा उक्त भाषाको राम्रो ज्ञान हुन जरुरी रहेको बताए । तामाङ् चलचित्रले देश बिदेशमा रहेका तामाङहरुलाई जोडने भएकाले, तामाङ्को संस्कृति संस्कार को बारेमा गहिरो अध्यन गर्न सुझाव दिए । उनले कुनै प्रान्तको तामाङको मात्र हैन बिश्वकै तामाङको प्रतिनिधित्व गर्ने गरी चलचित्र निर्माण गर्नुपर्ने बताए ।

नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले नवगठित समितीलाई बधाई तथा शुभकामना दिदै तामाङ चलचित्र संघ अब देशैभरी सकृय हुन जरुरी रहेको बताए । उनले कुनैपनी जातिय र भाषाको चलचित्र निर्माण गर्दा कलाकर र निर्माण टिममा पनि भाषाको ज्ञान हुन जरुरी रहेको अनुभव सुनाउदै पछिल्लो समय अध्ययन बिना नै चलचित्र निर्माण हुने गरेको बताए ।

देशभरी नै चलचित्रका जातिय संघसंथा गठन हुनु स्वागतयोग्य भएको उल्लेख गर्दै यस प्रकारका संस्थाहरुमा सहकार्यको अवश्यक रहेको अध्यक्ष प्रधानको भनाई थियो ।

कार्यक्रमका सभापती तथा नवनिर्वाचित अध्यक्ष भिम लामाले तामाङ चलचित्रको बजार बिस्तार गर्नको लागी कोशी प्रदेशका सबै जिल्लामा शाखा बिस्तार गर्ने गरी गृहकार्यमा लाग्ने बताए । पछील्लो समय कोशी प्रदेशमा चलचित्र गतिविधी बड्दै गएको उल्लेख गर्दै अध्यक्ष लामाले कोशी प्रदेशमा छुट्टै छाप छोड्ने गरी काम गर्ने प्रतिवद्दत्ता व्यक्त गरेका छन् ।

Previous Post

मधव केसीले जिते किन दुख्छ मुटु बाट उत्कृष्ट मोडल अवार्ड

Next Post

विवाह बन्धनमा बाधिए हास्य कलाकार सागर लम्साल ‘बले’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

पुस ३०, २०८२, १:४७ मध्यान्ह
​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

पुस २९, २०८२, १०:२५ मध्यान्ह
‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

पुस २९, २०८२, ९:१३ मध्यान्ह
मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

पुस २८, २०८२, ९:४० मध्यान्ह
नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

पुस २८, २०८२, ८:१६ मध्यान्ह
‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

‘परिवर्तन’ को ट्रेलरमा सुशील र अञ्जनाको लोभलाग्दो जोडी: माघ ९ देखि प्रदर्शनमा आउँदै

पुस २८, २०८२, ७:२० मध्यान्ह
Next Post
विवाह बन्धनमा बाधिए हास्य कलाकार सागर लम्साल ‘बले’

विवाह बन्धनमा बाधिए हास्य कलाकार सागर लम्साल ‘बले’

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

by विशेष अनलाइन
पुस ३०, २०८२, १:४७ मध्यान्ह
0

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।