बिशेष अनलाइन । शुक्रवार बाट प्रदर्शनमा आएको चलचित्र ‘गाउँ आएको बाटो’ कलाकार सहित पुर्व आउदै छ । कलाकार सहित पुर्वका दर्शकहरुलाई भेट्न आउने तयारी रहेको निर्देशक नवीन सुब्बाले जानकारी दिए ।
निर्देशक सुब्बा सहित चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल, कलाकार दयाहाङ राई, पशुपति राई, बालकलाकार प्रसन राई लगायत पुर्वको यात्रामा हुनेछन् भने कलाकार प्रेम सुब्बा धरान मै छन् ।
मंगलबार इटहरको इलाइट सिनेमा हलबाट दर्शक भेटघाट सुरु हुने बताइएको छ । कलाकारहरु एक बजेको शो का दर्शकसंग साक्षात्कार गर्न आइपुग्ने तयारी रहेको इलाइट सिनेमाका संचालक नवराज केसीले जानकारी दिए ।
इलाइट सिनेमा हलमा चलचित्र ‘गाउँ आएको बाटो’ टिमलाई चलचित्रकर्मी महासंघ कोशी प्रदेशले समेत स्वागत गर्ने कार्यक्रम रहेको छ । महासंघ अध्यक्ष अरुण कुमार प्रधानले चलचित्र टिमलाई स्वागत गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
इटहरी हुँदै पुर्वका धरान , दमक, बिर्तामोड साथै बिराटनगरसम्मका चलचित्र हलहरुमा पुग्ने कार्यक्रम रहेको निर्माण टिमले उल्लेख गरेको छ ।
भोजपुर तथा धरानमा छायांकन भएको चलचित्र ‘गाउँ आएको बाटो’ले पुर्व सहित देशैभर उत्कृष्ट व्यापार गरिरहेको छ ।
Discussion about this post