विशेष अनलाइन । इटहरीमा बालबालिकाका लागि चलचित्र निर्माणसम्बन्धी ‘मेरो कथा, मेरो चलचित्र’ कार्यशाला आयोजना हुने भएको छ । चलचित्र विकास बोर्डले आयोजना गर्न लागेको कार्यशाला आगामी वैशाख ३ गते देखि ७ गतेसम्म संचालन हुने छ । कार्यशालामा कोशी प्रदेशका १३ देखि १८ वर्षमुनिका १५ जना बालबालिकाहरु सहभागी हुने बताइएको छ ।
बालबालिकाहरुलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरुमा सिनेमा साक्षरता अभिवृद्धि गर्ने तथा शिक्षा, संस्कृति र चेतना हस्तान्तरण गर्ने उद्देश्यले मेरो कथा मेरो चलचित्र परियोजना सुरु गरिएको बोर्ड सदस्य रबी अधिकारीले जानकारी दिए ।
चलचित्र निर्माण कार्यशाला पश्चात कार्यक्रममा सहभागी हुने प्रत्येक बालबालिकाहरुलाई लघु चलचित्र निर्माण गर्न लगाइने छ । कार्यशालामा सहभागिताका लागि बोर्डले शुक्रबार आफ्नो वेवसाइट www.film.gov.np मा सात दिने सूचना प्रकाशन गरेको कार्यशाला संयोजक समेत रहेका बोर्ड सदस्य केएल बुढाथोकीले जानकारी दिए । कार्यशालामा सहभागी हुन चाहने बालबालिकाले बोर्डको वेवसाइटमा राखिएको आवेदन फाराम भरेर [email protected] मा पठाउनु पर्ने कार्यशाला संयोजक बुढाथोकीले जानकारी दिए ।
Discussion about this post