BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्रकर्मी महासंघले चलचित्र निर्माण आधारभुत प्रशिक्षण दिने

विशेष अनलाइन by विशेष अनलाइन
फाल्गुन २१, २०७८, ९:३४ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्रकर्मी महासंघले चलचित्र निर्माण आधारभुत प्रशिक्षण दिने
81
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले चलचित्र निर्माण प्रशिक्षण दिने भएको छ । धरानमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले कार्यक्रमको तयारी पुरा भएको जानकारी दिएको हो । फागुन २३ देखी २८ गते सम्म चल्ने चलचित्र निर्माण प्रशिक्षणमा अभिनय,लेखन,निर्देशन तथा प्रोडक्सन, सम्पादन,क्यामरा, मिडिया तथा मार्केटिङ,चलचित्र र समाज लगायतका विषयमा प्रशिक्षण दिइने महासंघका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए ।

प्रशिक्षकका रुपमा चलचित्र विकाष वोर्डका अध्यक्ष दयाराम दाहाल, वरिष्ठ कलाकार निर शाह, कलाकार युवराज लामा, भोलाराज सापकोटा,निर्देशक तथा कलाकार दीपाश्री निरौला, रविन्द्र खड्का,निर्माता रक्षा सिंह राणा,छायाकार पुरुषोत्तम प्रधान, निर्देशक जनकदिप पराजुली लगायत रहेका छन् ।

प्रदेश १ लाई केन्द्रमा रहेका चलचित्रकर्मीहरुले हेर्ने दृष्टिकोण हेपाहा प्रवित्तिको भएको र उक्त दृष्टिकोणमा परिवर्तन ल्याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष प्रधानको भनाई छ । कोभिड १९ पछिको ठप्प चलचित्र नगरीलाई चलायमान बनाउने अर्को उद्देश्य रहेको अध्यक्ष प्रधानले बताए ।

प्रदेश १ का १४ जिल्लामा भएका पर्यटकिय क्षेत्रका बिषयमा अन्तरकृया गरी त्यस्ता सम्भावित क्षेत्रमा चलचित्र छायांकनको लागि चलचित्रकर्मीलाई आकर्षित गराउन पनि उक्त कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्नेमा आफु विश्वस्त रहेको महासंघका महासचिव दिनेश कोइरालाको भनाई छ ।

१४ जिल्ला बाट कम्तिमा ५० जना दक्ष जनशक्ति प्राप्त गर्ने लक्ष्य सहित प्रशिक्षणको आयोजना गर्न लागिएको हो । महासचिव कोइरालाका अनुसार प्रशिक्षण धरानको हरियाली सामुदायिक बनको हलमा आयोजना हुने छ । २ हजार शुल्क तोकिएको उक्त तालिममा टाढाबाट आउने प्रशिक्षार्थीहरुलाई खान तथा बस्नका लागि समेत व्यवस्था गारिएको छ ।

प्रशिक्षणमा सहभागीहरु मध्ये उत्कृष्ट एकजनालाई इटहरी स्थित पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनले फिल्मिङ कोर्षको लागि निशुल्क सिक्ने व्यबस्था मिलाएको छ । साथै अन्य सहभागी जो कोहीले फिल्मिङ कोर्ष गर्न चाहको खण्डमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनका प्रबन्धक रोनिश राउतले जानकारी दिए ।

चलचित्र विकाष वोर्डको सहकार्यमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको उक्त प्रशिक्षण कार्यक्रमको संयोजन नेपाल चलचित्र निर्देशक समाज काठमाण्डौले गर्ने छ ।

Previous Post

चलचित्र पत्रकार संघ नेपाल,सुनसरीले मनायो प्रथम वार्षिक उत्सव

Next Post

चलचित्र निर्माण प्रशिक्षणका सहभागीलाई पुर्वाञ्चल इन्ष्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनको विशेष छुट

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
विनोद पौडेलको निर्देशकीय डेब्यु: ‘दुई किनारा’ घोषणा

विनोद पौडेलको निर्देशकीय डेब्यु: ‘दुई किनारा’ घोषणा

बैशाख १, २०८३, ९:५४ मध्यान्ह
‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

बैशाख १, २०८३, ८:३० मध्यान्ह
चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

चैत्र २८, २०८२, १०:३० मध्यान्ह
चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चैत्र २८, २०८२, ४:५७ मध्यान्ह
Next Post
चलचित्र निर्माण प्रशिक्षणका सहभागीलाई पुर्वाञ्चल इन्ष्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनको विशेष छुट

चलचित्र निर्माण प्रशिक्षणका सहभागीलाई पुर्वाञ्चल इन्ष्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनको विशेष छुट

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:११ मध्यान्ह
0

विनोद पौडेलको निर्देशकीय डेब्यु: ‘दुई किनारा’ घोषणा

विनोद पौडेलको निर्देशकीय डेब्यु: ‘दुई किनारा’ घोषणा

by विशेष अनलाइन
बैशाख १, २०८३, ९:५४ मध्यान्ह
0

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

by विशेष अनलाइन
बैशाख १, २०८३, ८:३० मध्यान्ह
0

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

by विशेष अनलाइन
चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।