बिशेष अनलाइन । चलचित्र पत्रकार संघ नेपाल सुनसरीको प्रथम वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नम्वर १ का यातायात व्यबस्था तथा संचारमन्त्री उपेन्द्र प्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाको कोष स्थापना,कलाकार सम्मान तथा संस्थाले आयोजना गरेको मैत्रिपूर्ण फुटसल प्रतियोगिताका बिजेतालाई सम्मान सहित पुरस्कार वितरण गरिएको थियो ।
गत बर्ष फागुन १९ गते चलचित्र पत्रकार संघ नेपालको शाखाको रुपमा स्थापना भएको सुनसरी शाखाले फागुन १९ गते एक बर्ष पुगेको अवसरमा विविद कार्यक्रमको आयोजना गरेको थियो । बिहीवार बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान हाता भित्रको अडिटरिएम हलमा सम्पन्न कार्यक्रमले केन्द्र मोसन पिक्चर्स चलचित्र पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।
सुनसरीमा रहेर रंग पत्रकारिता गरिरहेका सकृय पत्रकारहरु को लागि प्रोत्साहन र सम्मान स्वरुप पुरस्कार स्थापना गरिएको संस्थाका अध्यक्ष विनोद विश्वकर्माले जानकारी दिए। केन्द्र मोसन पिक्चर्सको आर्थिक सहयोगमा रु एक लाखको अक्षयकोष स्थापना गरिएको र त्यसबाट आउने व्याजले वार्षिक रुपमा दुइजना चलचित्र पत्रकारलाई नगद सहित सम्मान गरिने अध्यक्ष विश्वकर्माको भनाई छ ।
सस्थाले यसै बर्षबाट कलाकार सम्मान समेत सुरुवात गरेको छ। प्रथम वार्षिक उत्सवको अवसरमा संघले सुनसरीमा रहेर नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको उच्च सम्मान गर्दै कलाकार निर्माता तथा निर्देशक पर्शुराम चौधारीलाई सम्मान समेत गरेको छ । यो सम्मानलाई आगामी बर्षहरुमा समेत निरन्तरता दिइने उपाध्यक्ष मनोज दाहालको भनाई छ ।
उक्त कार्यक्रममा संघले आयोजना गरेको मैत्रिपूर्ण फुट्सल प्रतियोगिताका विजेता तथा उपविजेतालाई नगद सहित सम्मान समेत गरिएको थियो ।
प्रदेश नम्वर १ का यातायात व्यबस्था तथा संचारमन्त्री उपेन्द्र प्रसाद घिमिरे चलचित्र समाजको ऐना भएको बताए । उक्त ऐनामा चलचित्रको कथावस्तु,कथा,अभिनय लगायतका कुराहरुलाई प्रस्ट देखाउने काम पत्रकारको भएकोले निश्पक्ष कलम चलाऊन मन्त्री घिमिरेले आग्रह गरे। चलचित्र क्षेत्र पर्यटन सँग जोडीने भएकोले चलचित्र पत्रकारले पर्यटनलाई जोडेर कलम चलाऊनु पर्ने मन्त्री घिमिरेको भनाई थियो । मन्त्री घिमिरेले आगामी दिनहरुमा चलचित्र पत्रकार संघ सुनसरीसँग सहकार्य गरेर अघि बढ्ने जाने प्रतिबद्दता व्यक्त गरे ।
प्रदेश एक भरीका कलाकार रंग पत्रकार , बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थीत रहेको कार्यक्रममा चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान , प्रदेश नम्वर १ सभासद उमिता बराईली ,याक्थुङ चलचित्रकर्मी संघ प्रदेश एकका अध्यक्ष नवीन मेन्याङ्बो , नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य भीषण राइ , नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ॠषि राई, दिव्य रोशनी साप्ताहिककी प्रधान सम्पादक तथा चलचित्र पत्रकार संघ नेपाल सुनसरीका सलाहकार मनिता चाम्लिङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले अहिलेको अवस्थामा नेपाली चलचित्र प्रचार प्रसार र प्रबर्द्दनमा चलचित्र पत्रकार संघ सुनसरीले खेलेको योगदानको खुलेर प्रसंसा गरे । उनले हामी प्रदेश एकका चलचित्रकर्मीहरुको गतिविधिलाई केन्द्रसम्म पुर्याउने काम पत्रकारहरुको भएकोले एक अर्कामा अन्योन्याश्रीत सम्बन्ध हुनु आवश्यकता औल्याएका थिए । संघका उपाध्यक्ष मनोज दाहालले सन्चालन गरेको कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य राजकुमार खातीले आगन्तुक अतिथिहरुलाई स्वागत गरेका थिए।
कार्यक्रममा चर्चित कलाकारहरुले संस्थालाई भिडियो सन्देश मार्फत शुभकामना समेत दिएका थिए । प्रथम वार्षिक उत्सवको अवसरमा कलाकार प्रदीप खडका , रेखा थापा , दीपाश्री निरौला ,मिरुना मगर , शृष्टि श्रेष्ठ,हास्यकलाकार दीपक आचार्य , सुमन कोइराला , कमेडी च्याम्पियन भरतमणी पौड्याल ,निर्देशक ऋषिराज अचार्य,,गायिका प्राश्ना शाक्य , निर्माता तथा निर्देशका सन्तोष सेन ,आसुसेन फिल्म्स प्राली अमेरिका प्रमुख रेशम जंग शाह , प्रदर्शनको तयारीमा रहेको चलचित्र चिसोस्ट्रेका कलाकार नविन लम्साल ,निर्माता महेसबाबु तिमल्सिना ,दिपु देव ,निर्देशक दिनेश पाल्पाली लगायतले भिडियो शुभकामा दिएका थिए ।
Discussion about this post