विशेष अनलाइन । बलिराम चौहानले निर्देशन गरेका चलचित्र ‘द ब्ल्यू लाइट’को छायाङ्कन सकिएको छ । चलचित्रको छायाङ्कन २५ दिनमा सकिएको हो । काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भएको चलचित्र ‘द ब्ल्यू लाइट’ चौहानको डेब्यु निर्देशन हो ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी लगायका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको बालकलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।
उक्त चलचित्र साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको हो । रमन ग्रे निर्माता रहेको चलचित्रमा कार्यकारी निर्माता नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल रहेका छन् । ‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले जानकारी दिए ।
Discussion about this post