विशेष अनलाइन। नेपाली गीतसंगीतमा जीवनभर समर्पण गरेकी गायिका तथा गीतकार चन्द्रकला शाहको योगदानलाई कदर गर्दै उनलाई ‘दीर्घ साधना कलाकारिता सम्मान’ प्रदान गरिएको छ।मंगलबार राजधानीमा आयोजित ‘साधना म्युजिक अवार्ड २०८१’ मा शाहलाई विशेष सम्मान प्रदान गरिएको हो। समारोह राजधानीको चलचित्र विकास बोर्डमा सम्पन्न भएको थियो, जहाँ गीतसंगीतका अलावा चलचित्र क्षेत्रमा क्रियाशील थुप्रै स्रष्टाहरूको सम्मान गरिएको थियो।
कार्यक्रममा नेपाली फिल्म क्षेत्रमा पुराना अभिनेत्री भुवन चन्द, चैत्यदेवी र बसुन्धरा भुसाललाई ‘चलचित्रकर्मी त्रिदेवी सम्मान’ दिइएको छ। उक्त सम्मान पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले हस्तान्तरण गरेका थिए। सो अवसरमा संगीतकार चेतन राई, सञ्चारकर्मी सोनित राज ढुङ्गेल, गायिका अनिता कुँवर, सञ्चारकर्मी तुलसिंह रनपछाई, मिसेज नेपाल रेश्मा घिमिरे, गायक सुवास कार्की, संगीतकार मदन नेपाली, गायक धनराज चुनारा, बाल कलाकार आरिया शाही र प्रशासकीय अधिकृत याम नारायण गौली पनि सम्मानित भए।
कार्यक्रम केवल सम्मानमा सीमित थिएन, गीतसंगीतका विभिन्न २२ विधामा अवार्ड पनि प्रदान गरियो। लोकदोहोरी शब्द विधामा सागर रेग्मी, मोडलतर्फ पुरुषमा अशोक पौडेल र महिलामा निरुता शाही, निर्देशनतर्फ सृजन बराल विजयी भए। त्यसैगरी शान्त शिशिर, सञ्चिता शाही, राम प्रसाद अवस्थी, सीमा थापा, विमल अधिकारी, अस्मीता पुरी, डा. ओम कृष्ण प्रसाई, केशव सापकोटा, डेविड शंकर, प्रतिमा के.सी, श्रीदेव भट्टराई, दिपा शाही, विजेन्द्र नौवागे, सियोन श्रेष्ठ, अजय रेग्मी, राजेश कुमार बाँच्दीन र विष्णु तामाङले पनि विभिन्न विधामा अवार्ड प्राप्त गरे।
कार्यक्रमको आयोजना सामना म्युजिक क्रियशनले गरेको हो। संस्थाकी अध्यक्ष सामना शाहका अनुसार, यस कार्यक्रमको उद्देश्य संगीत र चलचित्र क्षेत्रमा समर्पित स्रष्टाहरूलाई सम्मानमार्फत थप प्रेरणा दिनु हो।









Discussion about this post