विशेष अनलाइन । दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ को अग्रिम बुकिङ खुल्ला भएको छ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’को लागि नेपालको मल्टिप्लेक्स चेन क्यूएफएक्सले अग्रिम बुकिङ खुल्ला गरेको हो ।
नाजिर हुसेन र सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको चलचित्रलाई क्युएफएक्सले उपत्यकामा २५ र उपत्यका बाहिर ३५ गरी ६० शो दिएको छ । उपत्यका अन्तर्गत भक्तपुरमा ४, छाया सेन्टरमा ४, सिटी स्क्वायर मलमा ४, सिभिल मलमा ४, दरबार सिनेप्लेक्समा २, लबिम मलमा ४ र राइजिङ मलमा ३ शो छन् । उपत्यका बाहिर विराटनगरमा ३, भाटभटेनी बुटवलमा ४, नेपालगन्जको बागेश्वरीमा ३, नारायणगढको सिजी मलमा ४, जलमामा ३, बिर्तामोडको वान स्टपमा ४, दमौलीमा ३, इटहरीको सिनेप्लेक्समा ४, वीरगन्जको स्काइलाइन मलमा ३ र पोखराको ट्रेड मलमा ४ शो छन् ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । चलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय रहेको छ ।
चलचित्रमा अमितेष शाह विशेष भूमिका छन् । चलचित्रको कार्यकारी निर्माता नकिम उद्दिन हुन् । मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता हुन् । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।
Discussion about this post