बिशेष अनलाइन । मिलन तामाङको निर्देशनमा बन्न लागेको चलचित्र ‘माइतीघर’मा कलाकारको लाइनअप पुरा भएको छ । चलचित्रको मुख्य भूमिकामा नायक धिरज मगरको इन्ट्री भएसँगै मुख्य कलाकारको लाइनअप पुरा भएको हो ।
निर्माता रोहित अधिकारीले नायक धिरज मगरसँग कागजी सम्झौता समेत गरिसकेका छन् । चलचित्रमा कलाकार केदार घिमिरे , प्रकाश सपुत ,वुद्दि तामाङ , नायिका उपासना सिंह ठकुरी र नव–नायिका दिकिला शेर्पा अनुवन्धित भइसकेका छन् ।
चलचित्रको छायांकन केही महिनामा सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ । चलचित्रलाई आउँदो वर्षको दशैंको फूलपातीबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । दसैँमा एउटा शोज पाएपनि चलचित्र रिलिज गर्ने घोषणा निर्माता रोहित अधिकारीले गरिसकेका छन् ।
रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको चलचित्रमा रविन शेरचन र धिरज तामाङको लगानी रहनेछ । चन्द्रकुमार दोङको कथा रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको संवाद छ । चलचित्रका कार्यकारी निर्माता ईश्वरी श्रेष्ठ हुन् ।
Discussion about this post