विशेष अनलाइन । ऋषि लामिछानेले निर्देशन गर्न लागेको चलचित्र ‘माग्ने राजा’ मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छिन् । केहि दिन अघि निर्मातासँग लिखित समझदारी गर्दै चलचित्रको मुख्य अभिनेत्रीमा उनी अनुबन्धित भएकी हुन् ।
वर्षाले विशेष अनलाइनसँग कुरा गर्दै चलचित्रमा अनुबन्धित भएको बताइन् । ‘एकदमै रमाइलो रोल छ’ उनले भनिन् । यसअघि यो चलचित्रमा केदार घिमिरे अनुबन्धित भैसकेका छन् । ‘छक्कापञ्जा ५’पछि केदार घिमिरे र वर्षाले सहकार्य लागेका हुन् ।
सामाजिक कथावस्तुसहितको कमेडी शैलीमा चलचित्र बनाउन लागिएको जनाइएको छ । फागुनदेखि छायांकन सुरु हुने चलचित्र लाई आरम्भ प्रोडक्सनको ब्यानरमा बनाउन लागिएको हो । पटकथा सामीप्य तिमल्सेनाले लेखेका छन् ।
‘किस्मत २’ निर्देशनको ८ वर्षपछि लामिछाने निर्देशनमा फर्किन लागेका हुन् । यसअघि ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान श्रीमती’ निर्माण गरेका मुनाल घिमिरेको यो कमब्याक प्रोजेक्ट हुनेछ । संयोगवश, निर्देशक लामिछाने र निर्माता घिमिरेले ८ वर्षपछि यही चलचित्रबाट पुनरागमन गर्दैछन् ।
Discussion about this post